२०८२ मंसिर २३ गते, मंगलवार १२:५२

५२ अर्ब बढीको माछा बजारमा तस्करीको रजगज, सरकार मौन

२८ माघ, काठमाडौं । आइतबार चितवन इच्छाकामना गाउँपालिका मुग्लिन बजार नजिकै तस्करी भएर आएका २ टन ‘प्यांगासियस’ जातको माछा प्रहरीले बरामद गर्‍यो ।

नेपाली माछा किसानकै सक्रियतामा भएको जाँचमा भारतबाट नेपाल ल्याएर नेपाली फार्मको बिलमा तस्करी भएको माछा जफत गरेर प्रहरी नष्ट गर्‍यो । जुन किसानको नाममा बिल बनाएर माछा ल्याइएको थियो, उसको माछापालन नै नभेटिएपछि माछा भारतबाट ल्याएर काठमाडौं लैजाँदै गरेको खुलेको थियो ।

तर, यसरी लुकिछिपी प्रत्येक दिन तस्करी हुने गरेको माछापालक किसान आरोप लगाउँछन् । नेपाल माछापालक किसान संघ केन्द्रीय उपाध्यक्ष हरिनारायण थपलियाले तस्करी नियन्त्रण नगर्दा नेपाली किसानको माछा उत्पादन कम भएको बताए ।

‘अहिले बजारमा हाम्रो उत्पादन बिक्री नहुने स्थिति आइसक्यो, दैनिक ८–१० टन माछा तस्करी भएर काठमाडौं आइपुग्छ । आइतबारको केस त समातेको बेलामा मात्रै बाहिर आएको हो,’ थपलियाले अनलाइनखबरसँग भने, ‘नेपाली बजारको सरकारले ग्यारेन्टी लिने भए किसानले तीन महिनामा नै उत्पादन बढाएर नेपाललाई चाहिने मात्रै होइन, निर्यात गर्ने गरी काम गर्थे ।’

थपलियाले भारतमा माछा उत्पादन लागत कम पर्ने भन्दै तस्करले २ सय रुपैयाँमा नेपाली बजारमा माछा ल्याइपुर्‍याउँदा नेपाली किसानको लागत २ सय ४० रुपैयाँ पर्ने गरेको सुनाए ।

‘हाम्रो किसानको उत्पादन लागत भारतको भन्दा धेरै छ । पोखरीलाई चाहिने विद्युतमा छुट छैन, दाना उत्तिकै महंँगो छ, बैंकको ब्याज, राज्यको नीति किसानमैत्री छैन,’ उनले भने, ‘त्यसकारण हाम्रो लागत बढ्यो, तर भारतमा उत्पादन लागत कम हुन्छ । अनि सस्तो हुँदा तस्करी मौलाएको छ ।’

माछाको मूल्य बजारले नै निर्धारण गर्ने भन्दै उनले पछिल्लो समय काँडा कम हुने भएकाले प्यांगासियस जातको माछाको माग बढेको सुनाए ।

‘हुन त हाम्रोमा पनि उत्पादन हुन्छ तर भारतमा प्यांगासियस र कार्प सस्तो हुने भएकाले तस्करी भएको छ,’ थपलिया भन्छन् । उनले भियतनामबाट बोनलेस माछा आउँदा पनि नेपाली बजार बिग्रिरहेको बताए ।

उनले किसानका फर्मलाई उद्योगमा दर्ता गरेर विद्युत् महसुल, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति लगायतले समस्या परेको बताए ।

बजार सुनिश्चित भए आत्मनिर्भर हुन्छौं : किसान

सरकारले बजार सुनिश्चित गरे माछा उत्पादनमा आत्मनिर्भर हुन सक्ने किसानले बताउँदै आएका छन् । चितवन फिस हाउसका सञ्चालक तथा मत्स्य व्यवसायी संघ चितवनका सचिव लुलाराज तामाङले नेपाली बजारमा तस्करी भएर माछा आउने गरेकाले व्यवसायीले अझै ठूलो लगानी गर्न डराउँदा उत्पादनमा कमी आएको बताए ।

‘हाम्रो उत्पादन स्वस्थ हुन्छ तर भारतबाट तस्करीमा आउने माछा सस्तो हुने भएकाले बजार नपाउने डर पनि हुन्छ,’ तामाङ भन्छन् ।

उनले भारतबाट प्यांगासियस, रहुजस्ता माछा खुला सीमाका कारण तस्करी हुने गरेको बताए ।

माछा उत्पादन नेपालमा आवश्यकताको झन्डै ९०/९३ प्रतिशत हुन थालेको ७ वर्षभन्दा बढी भइसकेको छ । तर, अहिलेसम्म पूर्णरूपमा आत्मनिर्भर हुन सकेको छैन ।

‘भारतीय माछा भन्सार छलेर नेपाल ल्याउँदा हाम्रा उत्पादन भन्दा सस्तो हुन्छ, त्यसरी ल्याउँदा नेपाली बजार बिग्रिरहेको छ । तराई भेगमा त्यसरी माछा आउँदा हाम्रो खपत नहुने डरले किसानलाई चिन्तित तुल्याएको छ,’ उनले भने ।

तामाङका अनुसार नेपाली किसानले थोरै लगानी बढाए मात्रै माछामा आत्मनिर्भर हुने अवस्था आएको बताए ।

‘साल्मन माछा, समुद्री माछा, सी फुडबाहेक अन्य माछामा हाम्रो उत्पादन पुग्ने हुन्छ । तर, सरकारले बजारको ग्यारेन्टी गरिदिनुपर्छ,’ उनले भने ।

माछामा आत्मनिर्भर नजिकै

प्रत्येक कृषि तथा पशुपन्छी विकासमन्त्री आउने बित्तिकै भन्ने दुई–तीन वटा विषय हुन्छ । जसमा आत्मनिर्भर हुन लागेको कृषि उत्पादनमा आत्मनिर्भर हुन्छौं भन्ने भाषण नै हुन्छ, त्यसमध्ये पर्ने हो माछा ।

नेपालमा गत आव २०८०/८१ मा ४ हजार ८ सय ८६ टन माछा आयात गरेको छ । जुन २०७९/८० को दाँजोमा १ हजार टनभन्दा बढी हो ।

माछा उत्पादन नेपालमा आवश्यकताको झन्डै ९०/९३ प्रतिशत हुन थालेको ७ वर्षभन्दा बढी भइसकेको छ । तर, अहिलेसम्म पूर्णरूपमा आत्मनिर्भर हुन सकेको छैन ।

फाइल तस्वीर

२०७५ सालमा तत्कालीन मन्त्री चक्रपाणि खनालले दुई वर्षभित्र माछासहित भान्सामा प्रयोग हुने तरकारीमा आत्मनिर्भर हुने बताएका थिए । तर, अहिलेसम्म यसले ठोस आकार लिन सकेको छैन । त्यसपछि पनि विभिन्न सार्वजनिक मञ्चमा मन्त्रीहरूले माछामा आत्मनिर्भर हुने भन्दै भाषण गर्र्दै आएका छन् ।

नेपालमा गत आव २०८०/८१ मा ४ हजार ८ सय ८६ टन माछा आयात गरेको छ । जुन २०७९/८० को दाँजोमा १ हजार टनभन्दा बढी हो । अघिल्लो आव नेपालमा ३ हजार ७ सय ३२ टन माछा आयात भएको थियो ।

बढ्दै छ माछा उत्पादन

यसो त नेपालमा माछा उत्पादन नबढेको भने होइन । नेपालमा गत वर्ष १ लाख २३ हजार ४ सय ३ टन माछा उत्पादन भएको छ । २०७९/८० मा १ लाख १३ हजार ७ सय ३६ टन, २०७८/७९ मा १ लाख ८ हजार ३ य ८५ टन उत्पादन भएको थियो ।

यसरी माछा बढ्नुमा पोखरी र व्यावसायिक खेती बढ्दै जानु मुख्य कारण हो ।

‘पछिल्लो समय नेपालमै माछा उत्पादन बढिरहेको छ । पोखरीको संख्या पनि बढेको छ,’ केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी सूचना अधिकारी सुमित्रा लौडारी भन्छिन् ।

नेपालमा माछाबाट वार्षिक ५२ अर्ब ५७ करोड ४४ लाखको कारोबार हुने गरेको छ । नेपालमा साना ठूला ५२ हजार २ सय ९७ पोखरी छन् ।

२०८०/८१ मा नेपालमा व्यावसायिक माछापालनबाट १ लाख २ हजार ४ सय ३ टन उत्पादन भएको छ भने प्राकृतिक खोला, नदी, ताल तलैयाबाट २१ हजार टन उत्पादन भएको छ । यस्तै यो वर्ष ५९ करोड ६१ लाख ७३ हजार भुरा माछा उत्पादन भएको थियो ।

कृषि मन्त्रालयका अधिकारीहरू भने केही जातका माछा नेपालमा उत्पादन नहुने भन्दै आयात गरिरहनुपर्ने तर्क गर्छन् ।

‘हामीले नेपालमा माछा आत्मनिर्भर बनाए पनि केही माछा, सी फुडका प्रजाती आयात भइरहन्छन्, जुन नेपालमा पाइँदैन । केही ठूला तारे होटलमा प्रयोग हुने प्रजातिका माछा लगायत सी फुडले पनि आयात देखाइरहेको हुन्छ,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

उनले मन्त्री आएपछि केही न केहीमा थप आत्मनिर्भर बनाएर काम देखाउन खोजे तापनि माछामा भने अहिलेसम्म नसकेको बताए ।

खपतभन्दा उत्पादन कम

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी सूचना अधिकारी सुमित्रा लौडारीका अनुसार नेपालमा प्रतिव्यक्ति माछा उत्पादन ४.१२ किलो र खपत ४.२९ किलो छ ।

‘हाम्रो उत्पादनभन्दा खपत थोरैले बढी छ । आन्तरिक उत्पादनले खपत नभ्याउने देखिन्छ,’ उनी भन्छिन् ।

नेपालमा ६९ हजार ८ सय ४२ घरपरिवार व्यावसायिक माछापालनमा संग्लन छन् । जसबाट १ लाख ७८ हजार ३ सय १६ जनाले रोजगारी पाएका छन् । यस्तै ३ लाख ४९ हजार ५ सय ७३ जनाले माझी काम गर्ने जनाइएको छ ।

नेपालमा माछाबाट वार्षिक ५२ अर्ब ५७ करोड ४४ लाखको कारोबार हुने गरेको छ । नेपालमा साना ठूला ५२ हजार २ सय ९७ पोखरी छन् । जुन १५ हजार ६ सय ४४ हेक्टरमा फैलिएको छ । जसबाट वार्षिक ८४ हजार ३९ टन माछा उत्पादन भएको छ ।

मधेशमा माछा उत्पादन धेरै

नेपालमा सबैभन्दा धेरै माछापालन मधेश प्रदेशमा हुने गरेको छ । मधेशमा २० हजार ६ सय २८ पोखरीमा माछापालन हुन्छ, जहाँबाट गत वर्ष ४८ हजार ४ सय ५६ टन माछा उत्पादन भएको थियो ।

यस्तै मधेशपछि लुम्बिनीमा प्रदेशमा धेरै माछा उत्पादन भएको थियो । लुम्बिनीमा गत आव १० हजार ३ सय ७७ पोखरीबाट १५ हजार ९ सय ९ टन माछा उत्पादन भएको थियो ।

यस्तै कोशी प्रदेशमा ११ हजार ९१ पोखरीबाट ९ हजार ३ सय ७८ टन माछा उत्पादन भएको थियो । बागमती प्रदेशमा ५ हजार ४ सय २३ टन, सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय २ टन, गण्डकीमा १ हजार ५ सय ४६ टन र कर्णालीमा १ सय २६ टन माछा उत्पादन भएको थियो ।

जिल्लागत हेर्दा बारामा सबैभन्दा धेरै माछा उत्पादन भएको देखिन्छ । गत आव बारामा ११ हजार ६ सय ६७ टन माछा उत्पादन भएको थियो । त्यस्तै धनुषामा ९ हजार १० टन, सिरहा ५ हजार ७ सय २० टन, सप्तरी ५ हजार ६ सय ७३ टन, महोत्तरी ५ हजार २७ टन र चितवनमा ४ हजार ६ सय ५५ टन माछा उत्पादन भएको थियो ।

यसरी हेर्दा मधेश प्रदेशले नेपालको माछा उत्पादनको आधाभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ ।

‘उत्पादन र खपत बढेको छ’

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी प्रमुख सरिता गौतम नेपालमा थोरै प्रतिशत मात्रै माछा आयात हुने बताउँछिन् ।

‘नेपाली किसानलाई मार पर्ने गरी माछा आयात भएको जस्तो देखिँदैन । नेपालमा नपाइने सी फुड क्याटागोरीका माछा लगायत आयात भइरहन्छ,’ गौतमले भनिन् ।

उनले खुला सीमाका कारण माछा तस्करी हुने कुरा स्वीकार गरिन् । ‘सकेको नियन्त्रण भइरहेको छ, तर हाम्रो माछा पनि भारत गइरहेको छ । फेरि, हामीले हेर्ने औपचारिक च्यानलको मात्रै तथ्यांक हो । यो हिसाबले नेपालमा माछाको बजारमा कमी आएको भन्न मिल्दैन,’ उनले भनिन् ।

उनले नेपालमा माछा खपत र उत्पादन बढिरहेको दाबी गरिन् । माछापालन क्षेत्र विस्तारभन्दा माछाको उत्पादकत्व बढाउन काम गरिरहेका बताइन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM