२०८२ माघ ७ गते, बुधबार १२:१८

ठमेलमा प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी

२८ माघ, काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको छ । यही घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी सदस्य रहेका जोशी सहितको समूहले गत बिहीबार ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ ।

आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

पक्राउ परेका दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन ।

माथिल्लो तहबाट दबाब आएपछि प्रहरीले जोशीविरुद्ध पक्राउ पुर्जीका लागि प्रशासनसँग अनुमति समेत नमागेको प्रहरी स्रोत बताउँछ । ‘मुख्यगरी, जोशीकै आडमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तर, माथिल्लो तहबाट प्रेसर आएकै कारण उनलाई उन्मुक्ति दिएर बाँकी पाँच जना विरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको छ,’ परिसरका एक अधिकृतले अनलाइनखबरसँग भने ।

जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।

पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत २६ वर्षीय दिनेश सिग्देल र २२ वर्षीय रमेश फुलारा

तर, आफ्नो समूहका व्यक्तिले प्रहरीमाथि कुटपिट गरिसकेपछि भने जोशीले छुट्याएजसो गरेको भिडिओमा देखिन्छ ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका कमलराज जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।

यसैलाई आधारमा मान्दै उनीविरुद्ध अहिले पक्राउ पुर्जी माग नगरिएको एक प्रहरी अधिकारीको तर्क छ । ‘सार्वजनिक भएको भिडिओमा पनि देख्न सक्नु हुन्छ । प्रहरीमाथि आफ्नो समूहले आक्रमण गर्न लाग्दा उनले छुटउन खोजेको जस्तो देखिन्छ । त्यही भएर पक्राउ पुर्जीका लागि माग नगरिएको हो,’ एक अनुसन्धान अधिकारीले दाबी गरे ।

प्रहरीमाथि कुटपिट गर्नेलाई उन्मुक्ति दिनुले अपराधको राजनीतिकरण कसरी हुन्छ भन्ने पछिल्लो केस स्टडीको रुपमा यो केस हुने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

‘ड्युटीमा खटिएको प्रहरीमाथि जसरी आक्रमण भएको छ, त्यो हेर्दा तत्कालै समाएर कारबाही गर्नुपर्ने देखिन्छ । तर उन्मुक्ति दिने खेल भएको छ भने यसले समग्र पुलिसिङमै असर पार्छ,’ मल्लले भने ।

जोशीका बारेमा प्रहरी अधिकारीहरुले अहिले नै खुलेर बोल्न चाहेका छैनन् । अनुसन्धानकै क्रम चलिरहेको भन्दै परिसरका एसएसपी विश्व अधिकारीले भने थप खुलेको अवस्थामा कानुन बमोजिम हुने बताए । ‘अहिले यो विषय अनुसन्धानकै क्रममा छ । दुईजना पक्राउ परिसकेका छन् । अनुसन्धानबाट खुलेका विषयहरु कानुन बमोजिम हुन्छन्,’ एसएसपी अधिकारीले भने ।

प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक हुँदा समेत कारबाही नगरी उन्मुक्ति दिनुले कुटाई खाने प्रहरी मात्रै नभएर सिंगो प्रहरी संगठनकै मनोबल गिर्ने सुरक्षा मामलाका जानकारहरु बताउँछन् ।

प्रहरी कुट्ने विवादास्पद समूह

ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा लागेका व्यक्तिहरु विवादास्पद समूह रहेको खुलेको छ । अहिले उन्मुक्ति पाएका अखिल नेता जोशीको घर बझाङ हो । बझाङको साविक मौलाली गाविस-३ हाल दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीको पृष्ठभूमि पनि निकै विवादास्पद छ ।

यसअघि अस्कल क्याम्पसकै विद्यार्थी विकास राईलाई आक्रमण गरेको आरोपमा जोशीसहित पाँच जनाविरुद्ध १६ माघ २०७९ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो । त्यतिबेला पनि जोशीलाई पक्राउ नै नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

जोशीसहित त्यतिबेला अहिले पक्राउ परेका दिनेश सिग्देल, हाल फरार रहेका गोपालबहादुर शाहीविरुद्ध पनि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो ।

यो समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसमा विकास राईमाथि आक्रमण गरेको थियो । उनीहरुको आक्रमणमा परेका राईको त्यतिबेला टाउकामा ९ वटा टाँका लगाउनु परेको थियो ।

अदालतमा मुद्दा रहेकै बेला जोशीले स्ववियु चुनावमा सभापति पदका लागि उम्मेदवारी समेत दिएका थिए । त्यतिबेला फौजदारी आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्ति उम्मेदवार हुनु नहुने भन्दै विभिन्न विद्यार्थी संगठनहरूले विज्ञप्ति निकाल्दै २८ फागुन २०७९ मा अस्कल क्याम्पसमा तालाबन्दी गरेका थिए ।

त्यतिबेला ज्यान मार्ने उद्योगमा मुद्दा चलेका उनै जोशी, सिग्देल र हाल फरार रहेका शाही सहितको समूहबाट प्रहरीमाथि कुटपिट भएको हो ।

यसका साथै जोशीसहितका व्यक्तिले अस्कल क्याम्पसकै प्रमुख डा. लोकबहादुर बराललाई आक्रमण गरेको भन्दै परिसर काठमाडौंको टोलीले २०८० कात्तिकमा पक्राउ गरेको थियो । पछि उनी धरौटीमा छुटेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM