२०८२ माघ ७ गते, बुधबार १२:१४

बङ्गलादेश: ‘अपरेसन डेभिल हन्ट’ नामक कारबाहीका क्रममा एक हजार ३०० जना पक्राउ

ढाका । पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित गिरोहलाई लक्षित गरी गरेको ‘अपरेसन डेभिल हन्ट’ नामक व्यापक कारबाहीमा एक हजार ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बङ्गलादेशी प्रहरीले सोमबार जनाएको छ ।

सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा हसिनालाई सत्ताच्युत गरिएपछि सत्ता सम्हालेको अन्तरिम सरकारमा गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले ‘सैतानलाई जरैदेखि उखेलेर नफाल्दासम्म’ यो अभियान जारी रहने बताउनुभएको छ । 

प्रहरी प्रवक्ता इनामुल हक सागरले भन्नुभयो, “शनिबार सुरु भएको अभियानबाट देशभर एक हजार ३०८ जनालाई पक्राउ गरिएको छ। अभियान अझै जारी छ ।

फेब्रुअरी महिनाको सुरुमा हसिना नेतृत्वको विपक्षी दल आवामी लिगको नेतृत्वमा व्यापक आन्दोलनको घोषणा भएपछि सुरक्षा कारबाही सुरु गरिएको हो ।

ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा भीडले आक्रमण गरेपछि पूर्व प्रधानमन्त्री त्यहाँबाट हेलिकप्टरमार्फत भागेर नयाँ दिल्लीमा जानुभएको थियो । कार्यालयमा आक्रमण भएको छ महिनापछि फेब्रुअरी ५ मा प्रदर्शनकारीहरूले एक्स्काभेटरको प्रयोग गरी उहाँको परिवारसँग सम्बन्धित भवनहरू भत्काएका थिए ।

मानवताविरुद्धको अपराधको सामना गर्न पक्राउ पुर्जीको अवज्ञा गरेकी ७७ वर्षीया हसिना छिमेकी मुलुक भारतमा निर्वासनबाट फेसबुकमार्फत नेता तथा कार्यकर्तासँग संवाद गर्ने समाचारपछि सरकारले आवामी लिगका नेता, समर्थक र कार्यकर्तामाथि व्यापक धरपकड शुरू गरेको थियो । 

अभियानको नाममा हसिनाका स्वर्गीय पिता, बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको सङ्ग्रहालय र पूर्व घरसमेत रहेका भवनहरू ध्वस्त भएपछि नागरिक अधिकारकर्मीको एक समूहले यसको निन्दा गरेको छ।

हसिना विरोधी प्रदर्शनकारी र उहाँको अवामी लिग पार्टीका सदस्यहरूबीच पनि झडप भएको थियो। अन्तरिम सरकारले हिंसात्मक गतिविधिका लागि हसिनालाई दोषी ठहराइएको छ । 

शुक्रबार अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले शान्तिका लागि अपिल गर्नुभएको छ । 

नेता युनुसको अपिल सार्वजनिक भएको केही घण्टापछि ढाकास्थित गाजीपुर जिल्लामा हसिनाविरुद्ध विद्रोह चर्काउने समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्यहरूमाथि आक्रमण भएको थियो।

त्यसपछि सरकारी क्याबिनेटमा रहेका मुखर र शक्तिशाली समूहले कारबाहीको माग गरेका थिए ।

सरकारले ‘निरङ्कुश शासनसँग सम्बन्धित गिरोहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरेको र उनीहरू गम्भीर घाइते भएपछि कारबाही सुरु गरिएको’ बताएको छ। यो अभियानले चिन्ता बढाएको छ ।

युनुसका प्रेस सल्लाहकार शफिकुल आलमले भन्नुभयो, “सरकारले विशेष कमान्ड सेन्टर टोलीलाई कानून कार्यान्वयन गर्ने निकायको प्रयासको निरीक्षण गर्न जिम्मा दिएको छ।”

तर सर्वोच्च अदालतका वकिल स्नेहद्री चक्रवर्तीले यस अभियानलाई ‘बेकारको लफडा’ भन्दै आलोचना गर्नुभएको छ । उहाँले सामूहिक गिरफ्तारीले मुख्य समस्यालाई सम्बोधन नगरी ‘निर्दोष मानिसहरू’लाई सफा गर्ने खतरा रहेको बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “मलाई लाग्दैन कि यो अभियानले बिग्रँदो कानूनी व्यवस्थाको स्थितिमा उल्लेखनीय सुधार ल्याउनेछ। “मेरो विचारमा यो ‘बेकारको लफडा’ हो ।”

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM