२०८२ असार २५ गते, बुधबार १४:४४

‘राजनीतिक अराजकता अन्त्यका लागि एमाले र काँग्रेसको सरकार’




वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देशमा विकृति, विसंगतिसँगै राजनीतिक अराजकता बढ्दै गएपछि काँग्रेस र एमालेको सरकार बनेको बताउनुभएको छ । 

उहाँले वर्तमान सरकार गठन भएसँगै राजनीतिक अराजकताको अन्त्य भएको र मुलुक समृद्धिको दिशामा अगाडी बढेको दाबी गर्नुभयो । 

नेकपा एमाले पर्साद्वारा आज पर्सा गढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले पार्टीभित्र रहेका झिना मसिना मतभेदलाई बिर्सिएर एकताबद्ध भई सङ्गठन निर्माणमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । 

उहाँले वर्तमान राजनीतिक परिदृश्यमा नेकपा एमालेको कुनै विकल्प नरहेको दाबी गर्दै  उनले देश र जनताको प्रगति चाहने सबै युवाहरूलाई एमालेसँग जोडिन आह्वान समेत गर्नुभयो । 

सो अवसरमा पर्सागढी नगरपालिकाका जनता समाजवादी पार्टी नेपालका नेता जितेन्द्र साह र नेपाली काँग्रेसका नेता महन्त दासको नेतृत्वमा एमालेमा प्रवेश गर्नेहरूलाई मन्त्री गुप्ताले स्वागत गर्नुभएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM