२०८३ बैशाख ३१ गते, बिहीबार ०१:२०

ऊर्जा सप्ताहमा सहभागी हुन मन्त्री खड्का नयाँदिल्ली प्रस्थान

काठमाडौं, २८ माघ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्।

फेब्रुअरी ११ देखि १४ सम्म भारतको राजधानी नयाँदिल्लीमा हुने ऊर्जा सप्ताह भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्वमा तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजनामा सम्पन्न हुनेछ। सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थव्यवस्थाका लागि अग्रगामी मोडेल, ऊर्जा पहुँच, सुरक्षा, किफायती ऊर्जा र दिगोपनबारे छलफल हुनेछ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने यस कार्यक्रममा १० देशका करिब ७० हजार ऊर्जा व्यवसायी सहभागी हुनेछन्। कार्यक्रममा ९० सत्रमा छलफल, ५०० वक्ताको प्रस्तुति र ७०० कम्पनीको प्रदर्शनी हुने बताइएको छ।

मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। उनको साथमा ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ पनि नयाँदिल्ली प्रस्थान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM