२०८३ असार ९ गते, मंगलवार २१:४९

प्रतिनिधिसभामा छैन समयको पालना, डेढ घण्टा ढिला हुँदा पनि सुरु भएन बैठक

२७ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्न सकेको छैन । विगतमा पनि यस्तो समस्या प्रतिनिधिसभामा देखिँदै आएको छ । विगतको बेतिथि आइतबार पनि दोहोरिएको हो ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे राख्ने तय भएको थियो । तर, साढे दुई हुँदा समेत सभाको बैठक सुरु हुन सकेको छैन ।

आइतबार प्रतिनिधि सभाको बैठकमा महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM