Sunday, February 9, 2025
घरसमाचारआहारारा पोखरा गोल्डकपमा आज थ्रीस्टार क्लब र र मछिन्द्र भिड्दै

आहारारा पोखरा गोल्डकपमा आज थ्रीस्टार क्लब र र मछिन्द्र भिड्दै

२७ माघ, काठमाडौं । आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र र मछिन्द्र फुटबल क्लब भिड्दैछन्। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुँनेछ ।

प्रतियोगिताको प्रिक्वाटरफाइनलमा मछिन्द्रले विभागीय टिम एपीएफलाई २–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । यता, थ्रीस्टार सिधै क्वाटरफाइनलबाट पहिलो खेल खेल्न लागेको हो ।

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विदेशीसहित १२ टोली सहभागी छन्।  प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -