२०८२ असार २६ गते, बिहीबार २२:१३

माघ २८ देखि दिलीप राणा स्मृति अन्तर्राष्ट्रिय भेट्रान फुटबल हुने




चितवन । छैटौँ स्वर्गीय दिलीप राणा स्मृति ८ ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता माघ २८ गतेबाट हुने भएको छ ।

चितवन भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । भरतपुर ७ कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा १६ टोली सहभागी हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

प्रतियोगितामा १५ स्वदेशी तथा एक भारतीय टिम सहभागी हुने संयोजक हरिप्रसाद भट्टले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्टले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न स्वर्गीय दिलीप राणाका छोरा अभिनव राणा, भरतपुर महानगरपालिकालगायतले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । खेलप्रेमी स्वर्गीय राणाको सम्झनामा हरेक वर्ष भेट्रान कप हुँदै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM