चितवन । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधन गर्न जरुरी भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस पूर्व आप्रवासी विभागले भरतपुरमा आयोजना गरेको विदेश देखि स्वदेश सम्म बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्नुहुँदै खड्काले कांग्रेस बिपीको सपना पूरा गर्न सधैँ तत्पर बनेको जिकिर गर्दै उहाँले अहिलेको वर्तमान सरकारका विषयमा टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।
देशका कयौँ परिवर्तनकारी भूमिकामा काँग्रेसले खेलेको योगदानको प्रशंसा गर्नुपर्ने बताउँदै खड्काले संविधान र लोकतन्त्रको मलजल गर्नुपर्ने धारणा राख्नुभयो । देशलाई बिकास समृद्धि र सुशासन प्रदान गर्न सरकार लागिपरेको समेत बताउनुभयो । सहकारी प्रकरणदेखि विभिन्न काण्डमा मुछिएकालाई कारबाही गर्न कांग्रेस–एमाले सफल भएको दाबी गर्नुभयो ।
















