२०८२ माघ २९ गते, बिहीबार २१:१२

सञ्चारकर्मी समिरको कथा सङ्ग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौँ ।  नेपाल टेलिभिजनका कार्यकारी निर्माता एवम् सञ्चारकर्मी दिपक समिरद्वारा लिखित कथा सङ्ग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक भएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच समिरको पहिलो कथा सङ्ग्रहको विमोचन गरिएको हो ।

सो अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले समिरको कथा सङ्ग्रहले वर्तमान समाजको बिम्ब उतारिएको अनुभूति गराउने बताउनुभयो । उहाँले कथा सङ्ग्रहमा कविता, निबन्ध र गीतको समेत संयोजनले पुस्तकलाई थप पठनीय बनाएको र कथा सङ्ग्रहमा समेटिएका विषय बस्तुले समाजलाई सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण सञ्चालक समिति सदस्य फूलमान बल तामाङले कथा सङ्ग्रहमा भूत, वर्तमान र भविष्यको संयोजन गरिएको बताउनुभयो । अति यथार्थवादी कल्पनाशीलताको प्रयोग गरिएका कारण कथामा नयाँ आयाम थपिएको भन्दै उहाँले आजको विसङ्गत समाजलाई पर्दाफास गर्न कथा सङ्ग्रह सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कथा सङ्ग्रहको समीक्षा गर्दै प्राध्यापक तथा समालोचक डा.गीता त्रिपाठीले कथा ‘इतिहास’ र ‘वर्तमान’लाई जोड्ने पुल बनेको बताउनुभयो। कथा सङ्ग्रहमा रहेको ‘नवराज विकको भ्यालेन्टाइन डे’ शीर्षकको कथाले रुकुम हत्या काण्डमा मारिएका नवराज विकलाई समेटेको भन्दै उहाँले कथा सङ्ग्रह नेपालको सामाजिक परिवेश र समाजको पीँधमा पारिएको वर्गहरूप्रति लक्षित रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका प्रमुख कार्यकारी निर्माता एवम् साहित्यकार टंक उप्रेतीले समाजमा नदेखिएका विषयलाई सूक्ष्म तरिकाले अध्ययन गरि कथा लेखेको भन्दै कथाकार समिरको सृजनशीलता, नविनताको प्रशंसा गर्नुभयो ।

सञ्चारकर्मी समिरले आफ्नो कर्मथलो रेडियो र टेलिभिजन नै कथा सङ्ग्रहको पृष्ठभूमि भएको बताउनुभयो । 

इन्डिगो इन्कद्वारा प्रकाशित कथा सङ्ग्रहमा विभिन्न शीर्षकका १४ वटा कथाहरू समावेश गरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM