२०८२ माघ २९ गते, बिहीबार २२:०३

किन किशोरवयका छोराछोरी एक्लै बस्न रुचाउँछन् ?

केही दिनदेखि मैले छोरीसँग राम्रो समय बिताउन पाएकी थिइनँ । त्यसैले अलि असहज मान्दै म उनको कोठामा गएँ, भलाकुसारीका लागि । म चाहन्थें, उनीसँग केही बातचित गरौं । रमाइलो गरौं । उनको कुरा सुनौं ।

तर जसै म उनको कोठामा प्रवेश गरें उनी झर्किइन् । यसो भन्दै, ‘मामु तपाईं किन यहाँ बसिरहनुभएको छ ? हजुर किन आफ्नो कोठामा जानुहुन्न ?’ मेरो अपेक्षा विपरित उनले दिक्क मानिन् । छोरीको यस्तो व्यवहारले म एकछिन स्तब्ध भएँ ।

आफ्नी आमासँग बस्न वा कुरा गर्न उनलाई किन रुचि भएन ? किन मेरो उपस्थिति उनका लागि बोझिलो भयो ?

मैले शान्त भावमा भनें, ‘म तिमीसँग समय बिताउन आएकी ।’ उसैगरी झर्किएर उनले भनिन्, ‘म ध्यान केन्द्रित गर्ने कोसिस गरिरहेकी छु मामु । तपाईं आफ्नो कोठामा जानुहोस् ।’ उसले त बुझ्न सकेकी छैन । तर, हामीबीच हरेक पल दूरी बढ्दै गएको छ ।

यो दृष्टान्तबाट के बुझ्न सकिन्छ भने आमाबुवा र बालबालिका बीचको सम्बन्ध सधै उस्तै रहँदैन । त्यो समयसँगै क्रमिक रूपमा बदलिन्छ । तर, त्यो बदलावलाई हामी आत्मसात् गर्न सक्छौं त ?

किनभने हामीले काखमा खेलाउँदै, स्तनपान गराउँदै, लाड–प्यार दिएर हुर्काएका बालबालिका पछि हामीसँग नै बस्न मान्दैनन् । खुलेर बातचित गर्न मान्दैनन् । किनभने किशोरवयमा प्रवेश गरेसँगै उनीहरू आफ्नो स्वतन्त्रता खोज्न थाल्छन् । आफ्नो सीमाहरू उल्लंघन गर्न थाल्छन् ।

हिजोका दिनहरूमा उनी मेरो काखमा लुटपुटिन आउँथिन् । मलाई अँगालेर स्नेहपूर्वक म्वाइँ खान्थिन् । मैले सुमसुम्याउँदा, स्पर्श गर्दा बेग्लै आनन्द अनुभूत गर्थिन् । बालसुलभ प्रश्नहरू गरेर मलाई व्यस्त बनाइरहन्थिन् । म घर फर्कंदा फुरुंग भएर मेरो नजिक आउँथिन् । अरू बेला त के, शौचालय जाँदासम्म म उनको आँखाबाट ओझेल हुनुहुँदैनथ्यो । म घरबाट निस्कने बेला उनी मेरो पछि लाग्थिन् ।

तर, आज उनको बानी–व्यवहार फरक भएको छ । कुनै सामाजिक कार्यक्रममा आफूसँगै लैजानका लागि उनलाई मैले केही हप्तादेखि मनाउनुपर्ने हुन्छ । मसँग घरबाहिर जानका लागि तयार हुँदै गर्दा म मनमनै प्रार्थना गरिरहेकी हुन्छु, ‘उसको मेकअप र पहिरन सबै ठिकठाक मिलोस् ताकि ऊ हामीसँग खुसीसाथ जान सकोस् ।’

‘तिमीलाई कस्तो छ ?’ भन्ने प्रश्नमा उनको एउटै शब्दको जवाफ हुन्छ, ‘ठीकै ।’

छोरी यसरी बदलिंदै गएपछि उनका बुवाले घुमाउन लैजान थाले । खाना तथा नास्ताका लागि रेस्टुरेन्ट पु¥याए । त्यही मौकामा बुवाले छोरीसँग आमाको भूमिकाबारे कुरा गरे । उनको बदलिंदो व्यवहार र मनोविज्ञानबारे सोच्न प्रेरित गरे । छोरीसँगको संगतबाट बुवाले के थाहा पाए भने, छोरी जिम्मेवार बन्दै गएकी छे । ऊ अलि परिपक्व र अचम्मका कुरा गर्न थालेकी छे । घरका सानातिना कुरामा पनि उसले ध्यान दिन थालेकी छे ।

यो मेरो निम्ति एउटा पाठ थियो, आफ्नै छोराछोरीलाई बुझ्ने । मैले बुझें, ‘किशोरवयका छोराछोरीलाई नियन्त्रण गर्ने भन्दा बुझ्न जरूरी छ ।’

उदाहरणका लागि उनीहरूको लुगा छनोटमा ‘मलाई तिमीले लगाएको लुगा मन पर्दैन’ भन्नुको साटो उनीहरूको आत्म अभिव्यक्तिलाई बुझ्ने यत्न गर्नुपर्छ । किशोरवयका छोराछोरीहरू आफ्नो इच्छा अनुसार आफूलाई व्यक्त गर्न खोज्छन् । यस्तो अवस्थामा उनीहरूको मनोभावलाई बुझेर त्यही अनुरूप तपाईं-हामीले सहजकर्ताको भूमिका खेल्नुपर्ने हुन्छ ।

किशोरवयका छोराछोरी र आमाबुवाबीच मतान्तर हुनु, दूरी बढ्नु, रुचि र चाहनाहरू नमिल्नु अस्वाभाविक होइन । एक जैविक प्रक्रिया र प्रवृत्ति हो । किशोर चरणमा शारीरिक र भावनात्मक परिवर्तन तीव्र हुन थाल्छ । त्यसपछि उनीहरू त्यस्तै रहँदैनन्, जस्तो आमाबुवाले अपेक्षा गर्छन् । किशोर चरणका छोराछोरीहरू कुनै कुरामा चाँडै प्रतिक्रिया दिने, झर्कने, आमाबुवाबाट अलग बस्ने, घर बाहिरको साथीभाइ बनाउने गर्छन् । आफू परिपक्व हुँदै गएको कुरा उनीहरूले बोध गर्न थाल्छन् ।

म छोरीको कोठामा बस्न खोज्दा उनी झर्किएकी थिइन् र त्यसले मेरो मनमा चिसो पसेको थियो । किन उनी मसँग बस्न रुँचाइनन् ? किन मलाई निकाल्न खोजिन् ? यी प्रश्नहरूको जवाफ खोज्दै गर्दा मैले किशोरावयको मनोविज्ञानलाई राम्ररी बुझ्ने मौका पाएँ ।

केही समयपछि उनी शान्त भइन् र आफूले रुखो व्यवहार गरेको महसुस गरिन् । मैले पनि उनको गोपनीयतालाई सम्मान गर्नुपर्छ भन्ने बोध गरें ।

किशोरवयमा पुगेपछि छोराछोरी एक किसिमको दबाबमा हुन्छन्– पढाइको, परीक्षाको, करिअरको, मित्रताको, फेसनको, प्रविधिको । त्यससँगै शरीरमा हुने रसायनिक परिवर्तनले उनीहरूलाई चञ्चल र मूडी बनाइदिन्छ । उनीहरूको यस्तै स्थिति र मनोभावलाई बुझेर सौहार्दपूर्ण सम्बन्ध कायम राख्नु जरूरी हुन्छ ।

उनीहरूको मित्रता र सामाजिक जीवनमा ध्यान दिनुपर्छ । यसले विश्वासको बलियो वातावरण निर्माण हुन्छ । उनीहरू के चाहन्छन्, के रुचाउँछन्, के कुराले खुसी हुन्छन्, के कुराले रिसाउँछन् ? ध्यान दिनुपर्छ र त्यस अनुरूप आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ ।

पूर्वीय समाजमा एउटा प्रचलित भनाइ छ, ‘सानो छँदा बच्चाको अभिभावक बन्नुहोस् र किशोरवयमा पुगेपछि साथी बन्नुहोस् ।’

वास्तवमा किशोरवयका छोराछोरीका लागि हामी स्वयम् पनि साथी बन्ने हो । उनीहरूको कुरा सुन्ने हो । उनीहरूसँग रमाउने हो । यसो भन्दैमा उनीहरूलाई हरेक कुरामा स्वतन्त्रता वा छुट भने दिनुहुँदैन । केही कुरामा कडाइका साथ निगरानी र नियन्त्रण गर्न जरूरी हुन्छ ।

उनीहरूको सामाजिक सञ्जालमा निगरानीः अहिलेका बालबालिकाहरू सामाजिक सञ्जालसँगै हुर्किएका छन् र यो दुनियाँबाट उनीहरू विच्छेद हुन सक्दैनन् । सामाजिक सञ्जालका अनेक फाइदा छन्, उत्तिकै बेफाइदा पनि । यसमा उनीहरू थाहै नपाई फँस्न सक्छन् । त्यहाँ अश्लील गतिविधिमा संलग्न हुन सक्छन् । नराम्रो आचरण र खराब नियत भएकाहरूको संगतमा पर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालमा उनीहरू के गर्छन् ? ख्याल गर्नैपर्छ ।

किशोरवयमा पुगेपछि उनीहरू नयाँ–नयाँ साथीहरू बनाउन थाल्छन् । विपरित लिंगीप्रति आकर्षण बढ्न थाल्छ । यस्तो अवस्थामा उनीहरूलाई सही साथी छनोट गर्न, उनीहरूसँग घुलमिल गर्न, मित्रताको मर्यादालाई ख्याल गर्न सिकाउनुपर्छ ।

यस उमेरका बालबालिकाहरू प्रायः आफ्नो रूप, पहिरन शैली र आत्मविश्वासको सन्दर्भमा अभावको अनुभव गर्छन् । यसलाई कसरी शिक्षक र अभिभावकले बुझ्छन् ? त्यसले उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । उनीहरूलाई हीनताबोध हुने, ग्लानि महसुस हुने बोली र व्यवहार गर्र्नै हुन्न ।

विख्यात लेखक खालिद हुसेन भन्छन्, ‘बालबालिकाहरू रंगीन पुस्तक होइनन् । तपाईंले तिनीहरूलाई आफ्नो मनपर्ने रंगहरू भर्न सक्नुहुन्न ।’ अर्थात् उनीहरूमाथि हामी आफ्नो इच्छा र आकांक्षा लाद्न हुन्न । बरु उनीहरूको रुचि, स्वभाव, क्षमता अनुसार सही ढंगले फुल्न र फक्रनका लागि उर्बर वातावरण तय गरौं ।

लेखक स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कूलकी प्रधानाध्यापिका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM