२०८३ बैशाख २१ गते, सोमबार ०६:२७

निजामती कर्मचारी संगठन मधेस प्रदेशमा पर्साबाट दुई कुशवाहा निर्वाचित

वीरगंज/नेपाल निजामती कर्मचारी संगठन मधेस प्रदेशको नेतृत्वमा पर्साबाट दुई कुशवाहा निर्वाचित भएका छन्। शनिबार जनकपुरमा सम्पन्न दोस्रो अधिवेशनमार्फत राज कुशवाहा मधेस प्रदेश उपाध्यक्ष तथा आशुतोष कुशवाहा प्रदेश सचिव पदमा सर्वसम्मत चयन भएका हुन्।

वीरगन्ज महानगरपालिका–२४, बहुअरीका निवासी राज कुशवाहा हाल पर्साको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। त्यस्तै, सचिव पदमा निर्वाचित आशुतोष कुशवाहा वीरगन्ज–२१, परवानीपुरका स्थायी बासिन्दा हुन् र हाल पर्सा जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन्।

यसैगरी, संगठनको अध्यक्षमा धनुषाका जीतनारायण भगत निर्वाचित भएका छन्। मधेस प्रदेश सदस्य पदमा पर्साका कयश हुसेन र रोहित चौहान सर्वसम्मत चयन भएका छन्। हुसेन नारायणी अस्पतालमा कार्यरत छन् भने चौहान जिल्ला हुलाक कार्यालय, पर्सामा कार्यरत छन्।

जनकपुरमा सम्पन्न अधिवेशन नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM