२०८३ असार १० गते, बुधबार ०४:४७

दिल्लीमा भाजपाको कमब्याकपछि अमित शाहले भने – झुटा वाचा टिक्कैनन्  

२६ माघ, काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् ।

उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक-पटक झूटा वाचा गरेर भ्रमित गर्न सकिन्न भन्ने सन्देश दिएको टिप्पणी गरेका हुन् ।

अमित शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जनताले आफ्ना मतमार्फत फोहोर यमुना, दूषित खानेपानी, बिग्रिएका सडकहरू, ओभरफ्लो हुने ढलहरू र प्रत्येक गल्लीमा खुलेका मदिरा पसलहरूको जवाफ दिएका छन्।’

स्थानीय समय अनुसार दिउँसो साढे एक बजेसममको तथ्यांकअनुसार भाजपा र आदपाले चार/चार सिट जितेका छन् । भाजपा ४४ सिटमा अगाडि छ भने आम आदमी १८ सिटमा मात्रै अगाडि देखिएको छ ।

अमित शाहले अर्को पोस्टमा लेखेका छन्, ‘दिल्लीवासीले झूट, धोका र भ्रष्टाचारको शीशमहललाई ध्वस्त गर्दै दिल्लीलाई ‘आप-दा’ मुक्त बनाउने काम गरेका छन्।’

उनले अघि लेखेका छन्, ‘दिल्लीले वाचा पूरा नगर्नेलाई यस्तो पाठ सिकाएको छ, जुन देशभर जनतासँग झूटा वाचा गर्नेहरूका लागि उदाहरण बन्नेछ। यो दिल्लीमा विकास र विश्वासको नयाँ युगको सुरुवात हो।’

दिल्लीमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् भने आम आदमीका प्राय: चर्चित नेताहरु हारको संघारमा रहेका छन् । यो नतिजा अनुसार दिल्लीमा पनि भाजपाले सरकार बनाउने देखिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM