२०८३ जेष्ठ २३ गते, शनिबार २०:०६

अनुपम घलानको स्मृतिमा नगर स्तरीय U-16 फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा ज्यान गुमाएका अनुपम घलानको सम्झनामा हेटौँडा उपमहानगरपालिका खेलकुद विकास समितिले १६ वर्षमुनि U-16 खेलाडीहरूबिच फुटबल प्रतियोगिता गर्ने भएको छ।

प्रतियोगिता आगामी फागुन ७ गतेदेखि हेटौँडा–५ क्याम्पा रङ्गशालामा सुरु हुनेछ। खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेका अनुसार यो प्रतियोगिता आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

हेटौँडाका १९ वटै वडाका इच्छुक खेलाडीहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्। १६ वर्ष उमेर ननाघेका र वडाबाट सिफारिस भई आएका खेलाडीहरूले मात्र भाग लिन पाउनेछन्। इच्छुक टिमहरूले फागुन ४ गतेभित्र नगर खेलकुद विकास समितिमा दर्ता गराउनुपर्नेछ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख र उपविजेता टिमले ७० हजार रुपैयाँ पाउनेछन्। व्यक्तिगत विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट फरवार्डरले १० हजार, उत्कृष्ट किपरले ५ हजार, उत्कृष्ट प्रशिक्षकले ५ हजार र उत्कृष्ट डिफेन्सरले ५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ विनियोजन गरेको छ। खेल फिफाको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

गत असोज १२ र १३ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा गएको पहिरोमा परी एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वात्सला देवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका १२ वर्षीय अनुपम घलानसहित ६ जना खेलाडीले ज्यान गुमाएका थिए।

शुक्रबार प्रतियोगिता घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, सदस्य यज्ञ बहादुर राई र सुनिल लोप्चनको उपस्थिति रहेको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM