२०८३ जेष्ठ २३ गते, शनिबार १९:१२

केपी ओली कप प्रचारात्मक फुटसल कप प्रतियोगिता–२०८१ सम्पन्न




उदयपुर । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको प्रचारप्रसारका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति उदयपुरले “केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१” सम्पन्न गरेको छ ।

शुक्रबार जिल्लाको चौदण्डीगढी नगरपालिका स्थित सशस्त्र प्रहरी बल बेस क्याम्प बेल्टारमा रहेको फुटसल मैदानमा प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी, बेल्टार युनाइटेड क्लब उदयपुर, बसाहा क्लब उदयपुर, ए.पि.एफ. उदयपुर, के.वाई.सी. क्लब उदयपुर, ११ स्टार बोक्से उदयपुर, नेपाल पुलिस उदयपुर, – सुनाखरी युथ क्लब बेलका, उदयपुरबिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीले जितेको थियो भने प्रतियोगितामा बेल्टार युनाइटेड क्लब उदयपुर दोस्रो भएको थियो । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त प्राप्त गरेको थियो भने उपविजेताले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राई र चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले संयुक्त रुपमा गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राईले केपी ओली कप फुटबल प्रतियोगिताले युवाहरूलाई फुटसल खेलको सँगै अन्य खेलकुदमा लाग्न प्रोत्साहन गर्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM