२०८३ जेष्ठ २८ गते, बिहीबार ०६:२७

आहारारा पोखरा गोल्डकपमा सहभागी हुन नेपाल आइपुग्यो उज्बेकिस्तानी क्लब

२५ माघ, काठमाडौं । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा सहभागी हुन उज्बेकिस्तानको टोली नेपाल आइपुगेको छ । उक्त टोली पहिलोपटक नेपालमा फुटबल प्रतियोगिता खेल्न आइपुगेको हो ।

जारी आहारारा पोखरा गोल्डकप खेल्न आइपुगेको उक्त टोलीलाई आयोजक सहारा क्लबका प्रतिनिधिले काठमाडौंमा स्वागत गरे ।

उक्त टिम आज हुने अन्तिम प्रिक्वाटरफाइनलको विजेतासँग २९ माघ मंगलबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछ । आज सिक्किमको टोली थन्डरबोल्ट युनाइटेड र संकटा क्लबबीच खेल भइरहेको छ ।

प्रतियोगिता माघ २२ गतेदेखि सुरु भएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM