२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:५१

राजा चार्ल्सको पदचाप पछ्याउँदै टाइगर लजमा राजकुमारको बास

२४ माघ, पोखरा । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड राजकुमारी डचेस सोफीका साथ आफ्नो पारिवारिक बिरासत पछ्याउँदै पोखराको त्यो ठाउँमा बास बस्न पुगेका छन्, जहाँ उनकै दाजु राजा चार्ल्स तृतीयका पदचापहरू छन् ।

राजकुमार एडवार्ड दम्पती बास बस्न पुगेको ठाउँमा आफ्नै दाजु राजा चार्ल्सका पद्चाप मात्रै छैनन्, राजा चार्ल्सलाई नेपाल घुमाउने, ट्रेकिङ गराउने बेलायती सेनाबाट अवकास प्राप्त कर्णेल जिमी रवट्र्सको सोच र पसिनाको लगानी पनि छ ।

बेलायती राजकुमार दम्पती बास बसेको त्यो लज हो, ‘टाइगर माउन्टेन पोखरा’ । यो लज चार्ल्सको ट्रेकिङपछि त्यो पदमार्ग घुम्न जानेहरू बढेसँगै कर्णेल रवट्र्सले खोलेका थिए ।

२०३१ सालमा राजा वीरेन्द्रको शुभ राज्याभिषेकमा सहभागी हुन बेलायती राजकुमार चार्ल्स (अहिलेका राजा चार्ल्स तृतीय) नेपाल आएका थिए । तर, विशेष औपचारिक कार्यक्रम भएकाले त्यो बेला नेपाल घुम्ने रहर पूरा हुन सकेन । त्यसबेला तीन दिन काठमाडौंमै बसेर बेलायत फर्किएका राजकुमार चार्ल्सलाई नेपालमा ट्रेकिङ गर्ने मन जागेको थियो ।

उनको त्यो इच्छा पूरा गरिदिने सेतू बने, बेलायती सेनाबाट अवकास प्राप्त कर्णेल जिमी रवट्र्स । रवट्र्स नेपालमै ट्रेकिङ थाल्ने पायोनियर थिए । नेपालमा हिमालयन पदयात्राको सुरुवात नै उनै बेलायती कर्णेल रवट्र्स गरेका हुन् भने पहिलो ट्राभल पनि नेपालमा उनैले खोलेका थिए ।

‘२०२१ सालमै जिमीले नेपालमा पहिलो पटक माउन्टेन ट्राभल खोलेका हुन् । नेपालमा ट्रेकिङ पायोनियर नै उहाँ हो,’ उनै जिमीसँग ट्रेकिङमा काम गरेका पर्यटनविद् झलक थापा भन्ने गर्छन्, ‘जिमी प्रकृतिलाई प्रेम गर्ने, चरा, वन्यजन्तु मन पराउने र साहसिक पदयात्रा गर्न रुचाउँथे । उनैले राजकुमार चार्ल्सलाई नेपालमा ट्रेकिङ गराएका हुन् ।’

त्यस बेला चार्ल्सले नेपालको पूर्वी भूभागसँगै पोखरामा पनि ट्रेकिङ गरेका थिए । पोखरामा भएको चार्ल्ससँगै ट्रेकिङ जाने समूहकै एक सदस्य थिए, जिमीकै कम्पनीमा काम गर्न थापा ।

थापाका अनुसार चार्ल्सले विजयपुर चाँपको चौरबाट पदयात्रा थाल्दै पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएका थिए ।

‘जहाँबाट विजयपुर खोलासँगै प्रकृतिको मनोरम दृश्य, विभिन्न थरिका चरा र हिमालसमेत देखिन्थ्यो । जिमीलाई यस्तो मन पर्ने भएकाले पनि चार्ल्सलाई ट्रेकिङमा पोखरै ल्याएको हुनुपर्छ,’ पर्यटन परिषद् पोखराका पूर्वअध्यक्ष अशोक पालिखेले भने ।

दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगेर बास बसे अनि तेस्रो दिन रूपाकोटको चिसापानीमा । त्यही बेला उनीहरू बेगनास ताल किनारको जंगलमा रात बिताएर फर्किएका थिए ।

चार्ल्सको ट्रेकिङपछि त्यो रुटमा जाने पर्यटकहरू ह्वात्तै बढे । बिजयदेखि, कालिका, माझठाना, भगवतीटार, बेगनान, रुपाकोट लगायतका ठाउँमा टेन्ट टाँगेर पर्यटकहरू बस्ने क्रम बढ्न थालेपछि तिनै कर्णेल जिमीले विजयपुर माथि कन्ननी डाँडामा जग्गा किनेर टाइगर माउन्टेन लज खोलेका हुन् ।

जहाँ यात्रीले हिमाल, खोला, चराको चिरबिरको स्वाद मिल्छ भने प्राकृतिको मजा लिँदै योग ध्यानदेखि हाइकिङसम्म गर्न पाउँछन् । लजबाट माछापुच्छ«ेसहित अन्नपूर्ण हिमशृंखलाको दृश्य मोहक देखिन्छ ।

यो लज खोल्दा जिमीले चितवनमा टाइगर टप्स खोलिसकेका थिए । जिमीको ट्रेकिङ कम्पनी पोखरामासमेत थियो । आफ्नै परिवार र बेलायती नागरिककै बिरासत पछ्याउँदै पहिलोपटक आएका राजकुमार एडवार्ड पनि बास बस्न टाइगर माउन्टेन लज पुगे ।

जिमी रवट्र्सको २०६५ सालमै निधन भइसकेको छ । बेलायती नागरिकले खोलेको भए पनि अहिले नेपाली व्यवस्थापनबाट यो लज चलिरहेको छ ।

‘नेपालको ट्रेकिङ क्षेत्रका त पायोनियर भइहाले, चराचुरुंगी, पर्यावरणको क्षेत्रमा पनि जिमीको ठूलो योगदान छ । सडक नभएका बेलामा परेवामार्फत सन्देशहरू ऋादान–प्रदानसमेत गर्थे रवट्र्सले,’ उनलाई बुझेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘उनलै चार्ल्सलाई ट्रेकिङ गराएका थिए, त्यो ट्रेकिङ रुट पछि नेपालकै प्रख्यात बन्न पुग्यो ।’

त्यो बेला चार्ल्सको ट्रेकिङ टोलीमा सहयोगी, सुरक्षा गार्डसहित १ सय ५० जनाको सहभागिता रहेको इतिहासका जानकार सुनिल उलक बताउँछन् । त्यही रुट छिर्ने मुखमै खोलिएको यो लज पनि उत्तिकै ऐतिहासिक र यो क्षेत्रको पर्यटनमा योगदान दिनेमध्येको मानिन्छ ।

अहिले सो लजमा उनको आगमनले फेरि पोखरेलीलाई राजा चार्ल्सको स्मरण गराइरहेको छ । चार्ल्सले पदयात्रा गरेको रुटलाई पछि रोयल ट्रेक नामाकरण गरिएको छ । उलकका अनुसार यहाँको टे«किङबाट फर्किएलगत्तै चार्ल्सले बेलायतमा डायनासँग बिहे गरेका थिए ।

राजा चार्ल्स हिँडेकै पदमार्ग पछ्याउँदै उनका भाइ राजकुमार एडवार्ड पनि पदयात्रामा जान सक्ने धेरैको अनुमान थियो । टाइगर टप्समा बास बसे पनि उनी त्यो रुटमा पदयात्रामा जाने उनको पूर्वनिर्धारित तालिका भित्र भने छैन ।

उनी बरु, लुम्ले गाउँ, घान्द्रुक लगायतको क्षेत्रमा घुम्ने, ट्रेकिङ गर्दै चन्द्रकोटमा बास बस्ने तालिका छ । उनले शुक्रबार बेलायती सेनामा भर्ती भएका नेपालीलाई पद तथा गोपनियताको सपथ खुवाउने छन् ।

चार्ल्स दलबलसहित पदयात्रामा गएर फर्किएपछि त्यो रुटमा जाने क्रम यसरी बढ्न थाल्यो कि बाटैभरि बास बस्ने टेन्टका लस्कर र पर्यटकको बाक्लो ओहोर–दोहोर देखिन्थ्यो । तर, पछि सुविधा र राज्यको ध्यान नपुग्दा त्यो पदमार्ग सुनसान बन्न पुगेको मुल्मी बताउँछन् ।

बेलायती राजकुमार ह्यारीले पनि लमजुङ, गोरखा लगायतका क्षेत्र घुमे, ट्रेकिङ गरे । उनीहरूका लागि पनि महत्व राख्ने र नेपालको पर्यटक क्षेत्रका लागि यी कुरा सम्पत्ति भएको उनको भनाइ छ ।

‘नेपालले रोयल फेमेलीसँग जोडिएका यस्ता ब्रान्डलाई प्रचार र भरपुर सदुपयोग गर्नै सकेन, देखाउनका लागि उनीहरूकै मान्छेहरू आए । कहिले कर्नेल, कहिले जर्नेल आए,’ मुल्मीले भने, ‘तर, हामीले प्रचारै गर्न सकेनौं । अहिले फेरि अर्का राजकुमार आएका छन्, हामीले उनको भ्रमणलाई पनि अन्तर्राष्ट्रिय पर्यटकका निम्ति ब्रान्डिङ गर्न सक्नुपर्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM