२०८३ बैशाख १ गते, मंगलवार ११:२१

‘म:मको किमा लिन गएको थिएँ, फर्किंदा पसल नै बाँकी थिएन’

घटनास्थलमा जम्मा भएका स्थानीय र सुरक्षाकर्मीहरू ।


२४ माघ, काठमाडौं । उदयपुर, कटारीका आर्यन मगर काठमाडौं छिरेर कमलपोखरीमा रहेको ‘कमलपोखरी शान्दार म:म’मा काम गर्न थालेका थिए । बिहान १० बजेदेखि उनको ‘ड्युटी’ सुरु हुन्थ्यो ।

आर्यन अरु दिन तोकिएकै समयमा पसलमा पुग्थे । सेवाग्राहीको सेवामा खटिन्थे । कमलपोखरीको आडैमा रहेको उक्त मम पसल त्यस क्षेत्रको सबैभन्दा चल्तीको पसल हो । अरु दिन उनलाई बिहानैदेखि काममा भ्याइनभ्याइ हुन्थ्यो ।

तर, उनी संयोगवश बिहीबार बिहानै काममा आएका थिए । ‘अरु दिन त १० बजेदेखि काम हुन्थ्यो । आज दाइ (मःम पसलका सञ्चालक)ले भोलि ग्याँस झार्ने काम छ, अलि छिटो आऊ है भन्नुभएको थियो’, उनले भने, ‘त्यही भएर छिटो आएको थिएँ ।’

पसल आएर आर्यन कालोपुलमा मःमका लागि किमा लिन गएका थिए । फर्किंदा उनी दिनहुँ हिँड्ने बाटोमा केही जाम थियो । प्रहरी भ्यान र एम्बुलेन्सहरु साइरन बजाउँदै यताउता कुदिरहेका थिए । उनलाई सिटी सेन्टर आडैमा रोकियो ।

केहीबेर अरुका कुरा सुनेपछि बल्ल चाल पाए- उनी काम गर्दै आएको मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट भएको रहेछ । त्यसमा आफूसँगै काम गर्ने साथीहरु परेका रहेछन् । ‘किमा लिएर फर्किंदा त पसल पड्किसकेको रै’छ’, उनले अनलाइनखबरसँग भने । आर्यनका अनुसार ‘कमलपोखरी शान्दार मम’मा उनीसँगै अन्य १४ जनाले पनि काम गर्दै आएका थिए । एक जना सहकर्मी भने आज बिदामा थिए ।

कमलपोखरी मःम पसल नजिकै काम गर्दै आएकी एक प्रत्यक्षदर्शीले आफू काममा आउँदाआउँदै अचानक विस्फोटको ठूलो आवाज सुनेको बताइन् । ती महिलाका अनुसार कमलपोखरी क्षेत्रमै चर्चित बनेको उक्त मःम पसल सुरुमा मामा-भाञ्जा मिलेर खोलेका थिए ।

‘यो पसल सुरु हुँदाबाटै म नजिक छु । २८/२९ वर्ष भयो होला उहाँहरुलाई म राम्रोसँग चिन्छु’, ती महिलाले अनलाइनखबरसँग भनिन्, ‘म पनि यहाँ आइरहन्थें । आज यस्तो घटना देखेर कस्तो नरमाइलो लाग्यो ।’

बिहीबार बिहान करिब पौने ९ बजेको समयमा शान्दार मःम पसलको भुईंतलामा रहेको भान्छामा ग्याँस सिलिन्डर विस्फोट भएको थियो । विष्फोटमा परेर ११ जना घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ ।

ग्याँस सिलिन्डर विस्फोट भएसँगै घरको सिलिङ ढलान पनि झरेको थियो । घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीका अनुसार सिलिन्डर विस्फोट भएर भन्दा पनि धेरैजना घरको ढलान खस्दा धेरै घाइते भएका छन् । ‘तल्लो तलामा भएर विस्फोटले धेरै क्षति गरेको देखिएन, माथिबाटै ढलान खस्दा धेरै चोट लागेको पाइयो’, उनले भने ।

तस्वीर : चन्द्रबहादुर आले

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM