२०८२ माघ ४ गते, आईतवार २०:०१

एनआरटीको एकै दिन दुईतिर खेल : धरानमा जित, पोखरामा हार

२४ माघ, पोखरा । एउटै फुटबल क्लबको दुई टिम एकै दिन दुई फरक स्थानमा खेल्नु सामान्य कुरा होइन । तर नेपाली फुटबलमा हरेक कुरा सम्भव छ भने जस्तै बिहीबार न्युरोड टिम एनआरटीले पनि त्यो सम्भव गरेर देखाएको छ ।

मोफसलको दुई चर्चित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकप र बुढासुब्बा गोल्डकप दुवैमा सहभागिता जनाएको एनआरटीको दुवैतिरको खेल एकै दिन परेको थियो ।

यस्तोमा एनआरटीले दुवैतिरको प्रतियोगिता खेल्यो । एकमात्र जित निकाल्दा अर्कोमा पराजित भयो ।

धरानमा २५औं बुढासुब्बा खेलिरहेको एनआरटीको बिहीबार सेमिफाइनल खेल युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसी विरुद्ध थियो । यता बिहीबारै एनआरटीले चर्च ब्वाइज युनाइटेडसँग पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा आफ्नो पहिलो खेल खेल्दै थियो ।

नियमित कप्तान अन्जन विष्ट धरानमा गएका थिएनन् । उनी सिधै पोखरा आएका थिए । एनआरटीका अन्य अधिकांश खेलाडी धरानमै खेल्न गएका थिए । तर बिहीबार एकै दिन दुईतिर खेल परेपछि भने एनआरटीका लागि कठिन अवस्था बन्यो । तैपिन एनआरटीले दुवै तिर खेल्ने व्यवस्था मिलायो । कप्तान अन्जन सहित विशाल सुनार, सुमित श्रेष्ठ, जय गुरुङ, कृतिश रत्न छुन्जु जस्ता खेलाडीहरु पोखरा आएर खेले । सुमित र जय सँगै नरेन चौधरी, जन्मेजय धामी र आशिष गुरुङ बुढासुब्बाको क्वाटरफाइनल खेलेर पोखरा आएका थिए ।  उनीहरु लामो यात्रा तय गरेर पोखरा आएका थिए । जसले गर्दा पोखरामा राम्रो टिम खेलाउँदा पनि एनआरटी पराजित भयो ।

लामो यात्रा थकान अनी पहिलो अग्रता लिएर पनि जोगाउन नसक्दा एनआरटी चर्च ब्वाइजसँग सडनडेथमा पुगेर पराजित भयो । आहारारा पोखरामा गोल्डकपमा एनआरटीको यात्रा पहिलो खेलमै टुङ्गियो ।

तर धरानमा भने साविक विजेता समेत रहेको एनआरटीले सेमिफाइनलमा युकेएफसीलाई ३-१ ले सहजै पराजित गरेर फाइनलमा पुग्यो । डिफेण्डर सरोज तामाङको कप्तानीमा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा खेलेको एनआरटीको टिममा अभिषेक लिम्बु, शिशिर लेखी जस्ता खेलाडी थिए । एनआरटीलाई जित दिलाउन प्रदिप बुढाथोकीले २ तथा शिशिर लेखीले १ गोल गरेका थिए ।

आहारारा पोखरा गोल्डकपमा दशक पछि पुरनागमन गरेको एनआरटीको पहिलो खेलमै पराजित भएपछि मुख्य प्रशिक्षक जिवन सिन्केमानले नियमित समयमको खेलमा योजना अनुसार राम्रो भएपनि पेनाल्टी सुटआउटमा दुई पेनाल्टी बचाउँदा पनि पछिका खेलाडीले गोल गर्न नसक्दा हार व्यहोर्नु परेको बताए ।

यस्तै उनले दुईतिर एकै पटक खेल्दा व्यवस्थापन गर्न कठिन भएको समेत बताए । ‘खेल तालिका नै यस्तो छ । आयोजकले मिलाउनुपर्ने हो या एन्फाले दिएको तालिकाले नै गर्दा यस्तो होला । नेपालमा गेम हुँदै हुँदैन गेम हुँदा फेरि जुध्ने ।’ सिक्नेमानले भने । एकै समयमा दुई तिर खेल्न पाउने व्यवस्था छ भन्ने प्रश्नमा सिन्केमानले खेल्ने पाउने भएकोले खेलाएको होला भन्ने जवाफ दिए ।

पोखरामा पराजित भएपनि एनआरटीले अब बुढासुब्बाको उपाधि रक्षाका लागि आउने शनिवार चर्च ब्वाइजसँगै प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक सिन्केमानले पोखरामा खेलेका एनआरटीका केही खेलाडी धरानमा फाइनल खेल्न जाने जानकारी दिए ।

चर्च ब्वाइजले बुधबार भएको पहिलो सेमिफाइनलमा भुटानको रोएल थिम्पु कलेजलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

धरान र पोखरा दुवैतिर सहभागि भएको अर्को क्लब हो चर्च ब्वाइज । चर्च ब्वाइजले पनि दुई प्रतियोगिताको लागि दुई फरक टिम बनाएको थियो । नियमित कप्तान अनन्त तामाङको कप्तानीमा रहेको पहिलो रोजाईँको चर्च ब्वाइजको टोली धरानमै खेलिरहेको छ र फाइनल पुगेको टोलीका अधिकांश खेलाडी उतै छन् । त्यसैले पोखरामा चर्च ब्वाइज विदेशी खेलाडी सर्ज डिकाको कप्तानीमा मैदान उत्रेको थियो ।

आहारारा खेल्ने चर्च ब्वाइजको टिममा गोलकिपर टिकेन्द्र थापासहित नविन लामा, मिलन राई, मनोज राई, प्रशान्त लक्षम, मनिष जर्घा मगर, गौरव श्रेष्ठ जस्ता खेलाडी थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM