२०८३ जेष्ठ २३ गते, शनिबार २०:१९

राष्ट्रिय आविष्कार केन्द्रद्वारा भेरी अस्पतालका २८ वटा बिग्रिएका उपकरण मर्मत

नेपालगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलीले भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा मेसिन मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको छ । 

भदौ ५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतको सम्झौता गरेसँगै एक हप्ता अघि राष्ट्रिय आविष्कार केन्द्रको टोली भेरी अस्पतालमा आएको थियो ।

टोलीले एक हप्तामा २८ वटा मेसिन मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो । आविष्कार केन्द्रबाट खटिएका इन्जिनियरहरू आविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साहले आइसीयू, मेडिकल वार्ड, ल्याब्रोटरी, एनआइसीयू, अप्रेसन थिएटर, रेडियोलोजी, पेडियाट्रिक, ओपिडी वार्ड लगायतका बिग्रिएर थन्किएका मेसिनहरू मर्मत गरिदिएका हुन् ।

भेन्टिलेटर, नेवुलाइजर, अटोक्लेव, एनेस्थेसिया भेन्टिलेटर, सिटी स्क्यान, ओटी लाइट, डिइएक्सए स्क्यान लगायत २८ वटा उपकरण मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रको टोलीले ५६ वटा मेसिनको अध्ययन गरेको थियो । ती  मध्ये २८ वटा मर्मत गरे पनि बाँकी मेसिन मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रको माथिल्लो तहसँग समन्वय भइरहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो । १८ वटा मेसिन भने विक्रेता कम्पनीसँगको परामर्शमा मर्मत गर्न सकिने निष्कर्ष राष्ट्रिय आविष्कार केन्द्रको इन्जिनियर टिमले निकालेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM