२०८३ जेष्ठ २३ गते, शनिबार १९:५९

सानिमा माइ हाइड्रोपावरको नाफा १९ प्रतिशत घट्यो

२४ माघ, काठमाडौं । सानिमा माइ हाइड्रोपावरको नाफा १९ प्रतिशत घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३३ करोड ४१ लाख रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी घट्दा कम्पनीको नाफा खस्किएको हो । विद्युत् बिक्री आम्दानी गत आवको दोस्रो त्रैमासमा ४९ करोड ९२ लाख रुपैयाँ रहेकोमा यो आवको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ छ । बैंकको ब्याज घट्दा वित्तीय लागत पहिले ५ करोड रहेकोमा अहिले ४ करोडमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा छ । पहिले यस्तो आम्दानी १० रुपैयाँ ८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ५०९ रुपैयाँ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM