Sunday, February 9, 2025
घरसमाचारभुटानी क्लबको पोष्टमा ७ गोल गर्दै चर्च ब्वाइज फाइनलमा

भुटानी क्लबको पोष्टमा ७ गोल गर्दै चर्च ब्वाइज फाइनलमा

२३ माघ, काठमाडौं । भुटानको रोएल थिम्पु कलेज (आरटीसी) क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड धरानमा जारी २५औं बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार धरान रंगशालमा भएको खेलमा चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्मान्ड भिदोङले ह्याट्रिक गरे । पदम भट्टराईले एक गोल गरे ।

चर्च ब्याइजका समिरले खेलको २१ औँ, ५६औँ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै अर्माण्ड भिदोङले २७औँ, ५०औँ र ५२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

पदम भट्टराईले २९ औँ मिनेटमा गोल गरेका थिए ।

चर्च ब्वाइजले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको थियो भने भुटानी क्लब आरटिसीले पहिलो खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ४–१ ले हराएको थियो । तर चर्च ब्वाइज विरुद्ध भने आरटिसी फिक्का सावित भयो ।

खेलको म्यान अफ द म्याच चर्च ब्याइजका फरवार्ड समीर तामाङ घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एनआरटी र युकेएफसी भारतबीच बिहीबार हुनेछ । फाइनल खेल माघ २६ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -