२०८३ जेष्ठ २३ गते, शनिबार १९:५०

‘निजी विद्यालयलाई सरकारीकरण गर्नु आवश्यक छैन’




विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालय सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेकाले सरकारीकरण गर्न आवश्यक नरहेको बताउनुभएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यथार्थमा स्वास्थ्य र शिक्षा सरकार एक्लैले जिम्मा लिन सक्दैन ।” 

मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएको भन्दै पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । संविधानले तीनखम्बे अर्थनीतिलाई आत्मसात गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन ।” 

मुलुकको आर्थिक समृद्धिलाई  अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुख्यमन्त्री कार्कीले राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

प्याब्सनका पूर्व अध्यक्ष टीकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गर्नुभयो । 

उहाँले युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसङ्ख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM