२०८३ जेष्ठ २३ गते, शनिबार २०:२४

सर्लाहीमा जसपा संकटमा: क्षेत्र नं. १ का सम्पूर्ण पदाधिकारीको सामूहिक राजीनामा

सर्लाही, २३ माघ – जनता समाजवादी पार्टी नेपाल (जसपा) सर्लाही क्षेत्र नं. १ मा अस्तित्व सङ्कटमा परेको छ। क्षेत्रीय अध्यक्ष राम नरेश साहको नेतृत्वमा ५६ सदस्यीय कमिटीले सामूहिक राजीनामा दिएपछि पार्टी संगठन लगभग निष्क्रिय हुने अवस्थामा पुगेको हो।

राजीनामा दिनेहरूमा क्षेत्रीय अध्यक्ष साहसहित वरिष्ठ उपाध्यक्ष रामबाबु यादव, उपाध्यक्ष रामचन्द्र साह, सचिव अनिल कुमार यादव, सहसचिव पलटनिया देवी चौधरी, कोषाध्यक्ष रामलाल महतो लगायतका नेता कार्यकर्ता रहेका छन्। प्रदेश स्तरमा समेत जसपा नेपाल क्षेत्र १ (क) का प्रदेश अध्यक्ष रामचन्द्र महतो, उपाध्यक्ष अली हुसेन अंसारी, महिला उपाध्यक्ष भगबनिया देवी माझी, सचिव पलटनिया देवी चौधरी, सहसचिव प्रमोद साह, कोषाध्यक्ष गणेश ठाकुर लगायतका पदाधिकारीहरूले समेत पार्टी परित्याग गरेका छन्।

यसअघि माघ १७ गते पूर्व सांसद तथा जसपा नेपालका केन्द्रीय सदस्य प्रमोद साहले संगठन विभाग र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए। माघ ११ गते जसपा नेपालका जिल्ला अध्यक्ष वीरेंद्र रायले समेत पद त्याग गरेका थिए।

राजीनामा दिने अधिकांश नेताहरूले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र प्रदेश नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीमा मनोमानी ढंगले पदाधिकारी नियुक्त गरिएको, योगदानको उचित कदर नभएको तथा सर्लाही जिल्लामा गुटबन्दी हावी भएको आरोप लगाएका छन्।

सर्लाहीमा जसपा नेपालबाट लगातार पदाधिकारीहरू बाहिरिएसँगै पार्टीको संगठन धरासायी हुने संकेत देखिएको छ। यदि राजीनामाको क्रम यसरी नै जारी रह्यो भने सर्लाहीमा जसपाको प्रभाव लगभग समाप्त हुने आँकलन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM