Sunday, February 9, 2025
घरक्राइम चेकराप्रपा युवा संगठनको महाधिवेशन चैत १६–१८ मा काठमाडौंमा हुने

राप्रपा युवा संगठनको महाधिवेशन चैत १६–१८ मा काठमाडौंमा हुने

काठमाडौँ/राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) को महाधिवेशन आगामी चैत १६, १७ र १८ गते काठमाडौंमा हुने भएको छ। संगठनको आज बसेको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो।

यसअघि, राप्रपाको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले पार्टीका महाधिवेशन गर्न बाँकी भातृ संगठनहरूको अधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुसार सबै भातृ संगठनहरू महाधिवेशनको तयारीमा सक्रिय रहेको प्रवक्ता एवं संयोजित संगठन विभाग प्रमुख गोपाल दाहाल ले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ले महाधिवेशनको समयमै सम्पन्न गर्न जोड दिएका छन्। लिङ्देन स्वयं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संस्थापक अध्यक्ष हुन्।

राप्रयुसंका संयोजक अधिवक्ता सुजित केसी का अनुसार संगठनको विधानअनुसार महाधिवेशन गर्न सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको छ। “हालसम्म ३९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा मिति तय भइसकेको छ, बाँकी जिल्लाहरूको अधिवेशन पनि फागुनको तेस्रो हप्तासम्म सम्पन्न गर्ने लक्ष्य छ,” केसीले बताए।

उनका अनुसार हिन्दुराष्ट्र, राजसंस्थाको पुन:स्थापना र वैकल्पिक राजनीति को पक्षधर युवाहरूलाई संगठित गर्दै राप्रपालाई युवामय पार्टी बनाउने लक्ष्य लिइएको छ। “निर्धारित समयमा महाधिवेशन सम्पन्न गरी राप्रयुसंलाई देशभक्त राष्ट्रवादी युवाहरूको प्रमुख संगठन बनाउने हाम्रो उद्देश्य हो,” केसीले जोड दिए।

 

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -