Sunday, February 9, 2025
घरसमाचारअध्यादेश अनुसार हाम्रो धारणा फरक-फरक हुन सक्छ : राजकिशोर यादव

अध्यादेश अनुसार हाम्रो धारणा फरक-फरक हुन सक्छ : राजकिशोर यादव

२३ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक–फरक हुन सक्ने बताएका छन् ।

राजकिशोरकै नेतृत्वमा जसपाले अध्यादेशबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको छ । बुधबारको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक–फरक हुन सक्ने बताएका हुन् ।

‘अध्यादेशहरूलाई हामीले सोलोडोलो हेरेका छैनौं । ब्ल्याक एण्ड ह्वाइटमा हेरेका छैनौं,’ उनले भने । अध्यादेशको विषयको आधारमा धारणा बन्न सक्ने उल्लेख गर्दै उनले यो विषयमा संसदीय दलले निर्णय गर्ने बताए ।

‘अध्ययनको आधारमा स्पेसिफिक अध्यादेशमा हाम्रो फरक–फरक धारणा हुन सक्छ । एउटामा हामी सकारात्मक हुन सक्छौं । अर्कोमा जो गम्भीर प्रकारका असहमतिहरू छ भने त्यसलाई त्यही ढंगले हेर्छौं । तर, त्यो निर्णय संसदीय दलको बैठकबाटै हुनेछ,’ यादवले भनेका छन् ।

उनका अनुसार जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकबाट अध्यादेशबारे के गर्ने निर्णय लिने जसपा नेपालको तयारी छ ।

संसदीय दलको बैठकमा राजकिशोरको नेतृत्वमा रहेको कार्यदलले प्रतिवेदन समेत प्रस्तुत गर्नेछ । उक्त प्रतिवेदन समेतका आधारमा निर्णय लिने जसपाको तयारी छ ।

मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -