२०८३ असार ११ गते, बिहीबार ००:१२

जन्मदेव जैसी ‘नेशनल सोसल वेलफेयर अवार्ड’बाट सम्मानित

२३ माघ, काठमाडौं। श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले राष्ट्रिय सामाजिक अवार्ड पाएका छन् ।

सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी छन् ।

श्रमजीवी पत्रकारका नेता जैसीलाई पत्रकारिता क्षेत्रका श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा अनवरत रुपमा सेवामा समर्पित भएकोमा सम्मान स्वरुप राष्ट्रिय अवार्डका लागि चयन गरिएको जनाइएको छ।

सिजनले अवार्ड प्रदान गर्दै भनेको छ, ‘अवार्ड प्रदान उहाँको समाजप्रतिको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्यांकन हो।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM