Sunday, February 9, 2025
घरसमाचाररवी लामिछानेको बयान सकियो, थुनछेक बहसको तयारी 

रवी लामिछानेको बयान सकियो, थुनछेक बहसको तयारी 




चितवन । चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेक बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतकामा दर्ता गराएका छन् । सरकारी वकिलको तर्फबाट तीन जना, सहकारी पीडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतकामा दर्ता गरेको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मङ्गलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -