Sunday, February 9, 2025
घरसमाचारझोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता

झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता

भेरी नदी (फाइल तस्वीर)


२३ माघ, काठमाडौं । सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् ।

बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको डीएसपी डाँगीले अनलाइनखबरलाई बताए ।

‘नेपाल प्रहरी र एपीएफको टोली खोजी कार्यमा खटिएको छ,’ डीएसपी डाँगीले भने ।

सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ ।

सोही कामको सिलसिलामा उनीहरू नदीमा खसेर बेपत्ता भएका हुन् ।

नेपाल सशस्त्र प्रहरी बल बाङ्गे सिमलबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जना र नेपाल प्रहरीको ११ जनाको टोली उद्धार कार्यमा खटिएको सुर्खेत प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -