Friday, February 7, 2025
घरक्राइम चेकरुपाताल संरक्षणको काम शीघ्र सम्पन्न गर्न ऊर्जा मन्त्री खड्काको निर्देशन

रुपाताल संरक्षणको काम शीघ्र सम्पन्न गर्न ऊर्जा मन्त्री खड्काको निर्देशन

काठमाडौँ, २३ माघ — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कार्यलाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

मन्त्री खड्काले आज बिहान सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, कास्कीद्वारा सञ्चालित रुपाताल संरक्षण परियोजनाको निरीक्षण गर्दै कामलाई तिव्रता दिन आग्रह गरे। उनले परियोजनामा आवश्यक जनशक्ति थपेर निर्धारित मितिभन्दा अघि नै कार्य सम्पन्न गर्ने दिशामा अघि बढ्न निर्देशन दिए।

“ऐतिहासिक रुपातालको संरक्षण अत्यन्त जरुरी छ। गुणस्तरीय काम गर्दै निर्धारित समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्नुहोस्,” मन्त्री खड्काले भने। उनले ताल संरक्षणका लागि बजेट अभाव हुन नदिन मन्त्रालय आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

हाल उक्त परियोजना अन्तर्गत ५९० मिटर माटो तथा ४५ मिटर कङ्क्रिटको बाँध निर्माण भइरहेको छ। बाँध सम्पन्न भएपछि हालको १२२ हेक्टर क्षेत्रफल रहेको रुपाताल १८३ हेक्टरसम्म विस्तार हुने अनुमान गरिएको छ।

यस परियोजनाका लागि १,१०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि हालसम्म ९०० रोपनी अधिग्रहण भइसकेको छ। आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार बाँकी प्रक्रिया पनि छिट्टै पूरा गरिनेछ।

तालको अनुगमनका क्रममा उर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत नेताहरू सहभागी थिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -