Sunday, February 9, 2025
घरसमाचार चितवन जिल्ला अदालतमा रविको बयान जारी

 चितवन जिल्ला अदालतमा रविको बयान जारी




चितवन । सहारा सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत चितवनमा बयान सुरु भएको छ ।

अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले  न्यायाधीश दयाराम ढकालको इजलासमा सुनुवाइ सुरु भएको जानकारी दिनुभयो ।

बयान सकिएपछि बहस सुरु हुनेछ। बहसको सुरूमा सरकारी वकिलहरू, त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिल र अन्तिममा प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् ।  मङ्गलवार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरिएको थियो।

१२ जनालाई सङ्गठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमा मात्रै मुद्दा चलाइएको छ।

गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -