२०८३ जेष्ठ २३ गते, शनिबार १९:५०

लागू औषध गाँजासहित तीन पक्राउ

बारा, २३ माघ/जिल्ला प्रहरी कार्यालय बाराले लागू औषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ५५ वर्षीया रमसा देवी मुखिया, ६० वर्षीया ममता देवी मुखिया र ४५ वर्षीय जोफिर मुखिया रहेका छन्।

प्रहरीका अनुसार माघ २३ गते बिहान ७:४५ बजे इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले बेलडाँडी गाउँपालिका-२ स्थित बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले सेतो प्लास्टिकको पोकोमा राखिएको १ किलो २ सय ग्राम लागू औषध गाँजा बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका व्यक्तिहरू गाँजा ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आशंका गरिएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बारालागू औषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM