२०८२ मंसिर २३ गते, मंगलवार १३:४८

कांग्रेस पोखरा भेलाको आवाज : अन्तर्घातले नछेके ०८४ मा बहुमत

२२ माघ, पोखरा । अब कस्तो कांग्रेस बनाउने ? २०८४ को निर्वाचनसम्म कसरी जाने ? पोखरामा दुई दिनदेखि नेपाली कांग्रेस मन्थनमा छ । मन्थनमा भाग लिइरहेका छन्, सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कादेखि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत केन्द्रीय पदाधिकारी र ७७ जिल्लाका सभापतिसमेत ।

सोमबारदेखि सुरु यो मन्थनमा मंगलबारसम्म आएको निष्कर्ष हो, ‘कांग्रेसमा गुट र अन्तर्घातको महारोग छ । यसलाई परास्त गर्न सके २०८४ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सक्छ ।

२१ माघमा सातै प्रदेशका सभापति तथा प्रशिक्षण विभागका पदाधिकारीलाई राखेर कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले अभिमुखीकरण कार्यक्रम राखेको थियो । २२ माघबाट ७७ जिल्लाका सभापति र उपसभापतिका लागि अभिमुखीकरण सुरु भएको छ । यो क्रम २३ सम्म चल्नेछ ।

यी दुवै छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले जोड दिएर उठाएको विषय हो, पार्टीभित्र सुदृढ एकताको आवश्यकता । यसपटकको पोखरा बसाइमा सभापति देउवाले पटकपटक भनेका छन्, ‘नेताहरू मिल्नुपर्‍यो, पार्टी एकढिक्का हुनुपर्‍यो, यही निर्वाचन प्रणालीमा पनि कांग्रेसले बहुमत ल्याउन सक्छ ।’

कांग्रेसको वर्तमान अवस्थाबारे छलफल र समीक्षाका अलावा कांग्रेससहितको सरकारको काम, २०८४ सालको निर्वाचनसम्म कांग्रेसले लिनुपर्ने बाटोमा केन्द्रित रहेर मन्थन भइरहेको उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काको भनाइ छ ।

प्रदेश सभापतिहरूको भेलामा कांग्रेसको समस्या र आगामी बाटोमाथि मात्रै मन्थन भएन, संविधान संशोधनको विषयमा छलफल भएको थियो । संविधान संशोधन गर्दै लोकतन्त्रको ठाउँमा प्रजातन्त्र र हिन्दुनिरपेक्षता हटाएर हिन्दु सनातन राख्नुपर्ने आवाज उठेको छ ।

महाधिवेशनलाई नेताको प्रतिष्ठा र गुटसँग नजोडी कांग्रेसको विरासतसँग जोड्ने र सुधारिएर जाने हो भने २०८४ मा कांग्रेसलाई कसैले राक्ने नसक्ने जिल्ला सभापतिहरूले पनि बताएका छन् ।

कांग्रेस नेता कार्यकर्ताहरूमा सरकारको काम र गठबन्धनबारे रहेको संशय सभापति शेरबहादुर देउवाले चिर्ने काम गरेका छन् भने अन्तर्घातको रोगलाई हटाउन एक भएर लाग्नसमेत निर्देशन दिएका छन् । गठबन्धन लामो समयसम्म जाने हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धेरै शंका नगर्न आग्रह गर्दै देउवाले बरु कांग्रेसलाई एकतावद्ध र सुदृढ गराउन निर्देशन दिएका छन् ।

क्रियाशील सदस्यता वितरणदेखि आगामी महाधिवेशन र २०८४ सम्मको चुनावलाई केन्द्रमा राखेर भइरहेको छलफलमा जिल्ला सभापतिहरूले मात्रै होइन, कांग्रेसलाई अन्तर्घात र गुटकै महारोगले रोक्ने उपसभापति खड्काकै भनाइ थियो ।

२०८४ मा कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने र रोक्यो भने कांग्रेसभित्रको अन्तर्घातको महारोगले रोक्ने खड्काको भनाइ थियो । ‘यो प्रशिक्षणमार्फत मुल मुद्दा हुने छ, अन्तर्घात कसरी रोक्ने । कसरी एउटा कांग्रेसले अर्को कांग्रेसलाई हराउने भन्ने कुवुद्धिलाई बुद्धिमा फर्काउने ?’ खड्काले जिल्लाका सभापतिहरूसामु कार्यक्रमको औचित्यबारे भने, ‘अन्तर्घातको महारोगलाई ८४ को चुनावमा जाँदा अन्त्य गरेर अगाडि गयौं भने हामीलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन ।’

टिकट लिनका लागि पदाधिकारीकै फेरो लगाउँदै जाने र टिकट नपाउने बित्तिकै अन्तर्घात गर्न लाग्ने प्रवृत्तिले कांग्रेस कमजोर भइरहेको जिल्ला सभापतिहरूको जोड छ । चुनावमा टिकट नपाएपछि हराउन लाग्ने र महाधिवेशनमा प्रतिस्पर्धा भन्दा पनि गुटगत प्रतिस्र्धा गर्दा कांग्रेस कमजोर भइरहेको उनीहरूको जोड थियो ।

२०८४ सालको स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेसले अहिलेभन्दा कसरी धेरै सिट र उपस्थिति देखाउने भन्ने विषयमा मिहिन छलफल हुने संघीय कृषिमन्त्रीसमेत रहेका कांग्रेस धादिङ सभापति रामनाथ अधिकारीले जानकारी दिए ।

‘कांग्रेस गुटउपगुटमा विभाजित हुँदैन, आउने निर्वाचनमा एक ढिक्का छ भन्ने सन्देश दिने छौं,’ अधिकारीले भने, ‘आउँदो निर्वाचनमा बहुमत ल्याउने उद्धेश्यका साथ यो भेला भएको छ, यसले कांग्रेसलाई दिशानिर्देश गर्ने छ ।’

नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले कांग्रेसको नीति, सिद्धान्त र इतिहासलाई जनतासम्म लैजानका लागि भेलाले सन्देश दिने बताए । ‘कांग्रेस गुटउपगुटमा विभाजित छ तर मिलाएर लैजानुको विकल्प छैन,’ खनालले भने, ‘कांग्रेसलाई हराउने कांग्रेस नै हुन् भन्ने विगतमा देखिँदै आएको छ । त्यसलाई चिर्न यो भेलाले सहयोग पुग्ने छ ।’

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सोमबार सातै प्रदेशका सभापति, उपसभापतिबीच पनि पार्टीभित्रको गुटबन्दीबारे चिन्ता व्यक्त भएको बताए । केन्द्रदेखि जिल्लासम्मका नेतालाई कांग्रेसको चिन्ता रहेको र नेताहरू एक भइदिने हो भने कसैले हराउन नसक्ने शर्माको भनाइ थियो ।

केही नेताहरूले भने गुटले पार्टी कमजोर बनायो पनि भन्ने तर आफैंले गुट निर्माण गर्दै निषेध नै गर्ने काम भइरहेकोसमेत दुखेसो गरे । निषेध गर्नकै लागि डा. शेखरलाई कार्यक्रममा नबोलाइएको उनीनिकट एक केन्द्रीय पदाधिकारीले नै बताए ।

डा. शेखरलाई ढिला गरेर खबर गरिएकाले कार्यक्रममा जान नसकिएको उनको सचिवालयले जनाएको छ । तर, नेताहरूले भने यसलाई आगामी महाधिवेशन र चुनावलाईसमेत जोडेर हेरिरहेका छन् ।

उपसभापति तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख खड्काले भने यो गुटउपगुट चिर्न, आगामी रणनीति बनाउन कांग्रेसलाई फेरि जनताले खोजेजस्तै बनाउन नै कार्यक्रम गरिरहेको दाबी गरे । अब पनि युद्धस्तरमा स्थानीय, प्रदेश र संघसँग जोडिएर प्रशिक्षण कार्यक्रम गर्ने उपभापति खड्काले बताए ।

‘जिल्लाका सभापति, उपसभापतिहरू सँगै बसेर संघीयताको कार्यान्वयन र कांग्रेसको उत्तरदायित्वका विषयमा, पार्टीको संगठन र क्रियाशीलताको अभियान, तीन तहका सरकार र पार्टी बीचको सम्बन्ध, कांग्रेसको समसामयिक विचार र नीतिबारे भेलामा छलफल भइरहेको छ,’ उपसभापति खड्काले भने, ‘सात समूहमा बाँडिएर समूहगत छलफल पनि गराउने छौं । केन्द्र, प्रदेश र जिल्लासम्ममा गुनासो छन् भने त्यहाँ ती राख्नुहुने छ ।’

संगठन सञ्चालनमा कहाँ कहाँ अप्ठेरा र समस्या छन् भनेर छलफल गरेर केन्द्र र प्रदेशलाई सुझावका रूपमा प्रदान गरिने खड्काको भनाइ थियो । समसामयिक विषय र संविधान संशोधनको विषयमा पनि छलफल हुने उनले बताए । सभापति देउवा नेतृत्वको पार्टीमा सभापतिहरूको भेलाले भाइचारा र एकताको सन्देश दिने दाबी उपसभापति खड्काको छ ।

‘कांग्रेस कहाँ कहाँ सुध्रिन जरुरी छ भन्ने विषयमा पनि छलफल हुने छ र भेलाको निश्कर्ष लिएर सभापतिजीहरू जिल्ला जिल्लामा जनता तथा मतदाताको घरआँगनमा जानुहुनेछ,’ खड्काले भने, ‘हामीले भनेजस्तो कांग्रेस आयो भन्ने बनाउने उद्देश्य हो ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM