२०८२ माघ ५ गते, सोमबार १७:२२

मधेश प्रदेशमा पाठेघर क्यान्सर रोगविरुद्धको खोप अभियान शुरु, लक्षित समूह एक चौथाई मधेशमा

oplus_2

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा विश्व क्यान्सर रोग दिवसको अवसरमा महिलाहरूको पाठे घरमा लाग्ने रोग विरुद्धको निःशुल्क एचपिभि खोप अभियानको आज जनकपुरधामबाट शुरुवात गरिएको छ । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवलाई एचपिभि खोपको किट हस्तान्तरण गरेर अभियानको शुरुआत भएको घोषणा गर्नु भयो । 

कार्यक्रममा १० वर्ष देखि १४ वर्षका पाँच जना किशोरीलाई नेपाल सरकारले प्रदान गरेको निःशुल्क एचपिभि खोप स्वास्थ्यकर्मीले प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले नेपालमा क्यान्सर रोगको समस्या निक्कै ठूलो रहेको र त्यसमा महिलाको पाठेघरमा लाग्ने रोगका कारणले दैनिक रुपमा चार जनाको मृत्यु भइरहेकाले क्यान्सर रोग विरुद्धको खोप लिनबाट कोही छुट्न नहुने बताउनुभयो । 

उहाँले निक्कै महँगो भएको यो खोप लिएको खण्डमा पाठेघरमा लाग्ने क्यान्सर रोगमाथि विजयी हाँसिल गर्न सकिने भएकाले शतप्रतिशत किशोरीलाई खोप दिनका लागि सबै निकायको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मधेश प्रदेशका कुनै पनि किशोरीहरू पाठेघरमा लाग्ने क्यान्सर रोग विरुद्धको खोप लिनबाट छुट्न नहुने र त्यसका लागि जनप्रतिनिधिहरूले विशेष पहल गर्न तयार भएको बताउनु भयो ।   

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले आफ्नो परिवारमा एक जना महिलालाई पाठेघरको क्यान्सर रोग लागेको र त्यसको पीडा बारेमा आफू जानकार भएकाले कुनै किशोरीहरू खोप लिनबाट छुट्न नहुने बताउनु भयो । 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. रामनरेश पण्डितले मुलुकमा निःशुल्क एचपिभि खोप लिने उमेर समूहका किशोरी मध्ये मधेश प्रदेशमा मात्र एक चौथाई रहेकाले यसलाई सफल बनाउने काम हामी सबैको भएको बताउनु भयो । 

मधेश प्रदेशका स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले मधेश प्रदेशका १ सय ३६ पालिकाको ३ लाख ६९ हजार १ सय २४ जना किशोरीलाई एचपिभि खोप दिने कार्यक्रम रहेको बताउनु भयो । यसका साथै विद्यालय बाहिर भएका ७५ हजार २ सय ११ जना किशोरीहरूलाई स्वास्थ्य संस्थामा खोप लगाइने बताउनुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंह सहितका वक्ताहरूले बोल्नु भएको थियो । खोप अभियान अन्तर्गत १० वर्ष देखि १४ वर्ष उमेर समूह वा कक्षा ६ देखि १० कक्षासम्मका किशोरीलाई आजदेखि फागुन ६ गतेसम्म खोप दिने कार्यक्रम रहेको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM