Friday, February 7, 2025
घरसमाचारझापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

२२ माघ,  कनकाई (झापा) । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो ।

उनलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -