२०८२ माघ २८ गते, बुधबार ०५:५४

प्रणय दिवसलाई लक्षित गर्दै सौराहामा माघ २९ गतेदेखि फुड फेस्टिभल हुने

चितवन । सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेस्टिभल हुने भएको छ । सुस्ताएको पर्यटनलाई उकास्ने उद्देश्यसहित रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सौराहाको आयोजनामा सौराहा फुड फेस्टिभलको १९औँ संस्करण हुन लागेको हो ।

आज आयोजकले सौराहामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ । प्रणय दिवसलाई लक्षित गर्दै हरेक बर्ष सौराहामा फुड फेस्टिभल हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रेवानका अध्यक्ष ध्रुव गिरीले चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फेस्टिभलको आयोजना गरिएको जानकारी दिनुभयो । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने मुलनारा सहित लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिभल गर्न लागिएको छ ।

फेस्टिभलमा समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला संस्कृति/भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

फेस्टिभलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि व्यवसायीको अपेक्षा छ । फागुन ३ गते सम्म चल्ने फेस्टिभलमा बहुल जातजातिहरूको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुती, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर/वेटरेस बीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता हुने फेस्टिभलका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो ।

फेस्टिभल अवधिभर सौराहाका व्यवसायीहरूले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM