Sunday, February 9, 2025
घरपत्रपत्रिकाकागेश्वरी मनोहरा-९ का २५ महिलालाई उद्घोषण तथा कार्यक्रम प्रस्तुतीकरण तालिम प्रदान

कागेश्वरी मनोहरा-९ का २५ महिलालाई उद्घोषण तथा कार्यक्रम प्रस्तुतीकरण तालिम प्रदान

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतिकरण विशेष तालिम प्रदान गरेको छ ।

सरस्वती पूजाका दिन आयोजित समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा, वडा नंं ९ का वडा अध्यक्ष अनिल थापा लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले आफूले सिकेको सिप र ज्ञान व्यवहारमा प्रयोग गर्न आग्रह गरे । राम्रो मान्छेको खोजी सबैले गर्ने तथा ज्ञानले थप पहिचान पनि दिने भएकाले अवसर पाउँदा अगाडी बढ्न र व्यवसायिक रुपमा समेत आफ्नो कलालाई प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

नगर उपप्रमुख शान्ता थापाले सिकेको सिपलाई प्रयोग गर्न समूह बनाएर अघि बढ्न सुझाव दिइन् । १५ दिनको सिकाईले महिला दिदीबहिनीहरुमा निकै उर्जा मिलेको महसुस भएको उनको भनाई थियो ।

वडा नंं ९ का वडा अध्यक्ष अनिल थापाले तालिमको उद्देश्य महिलाहरुलाई आय आर्जन गर्न सहज होस् भन्ने पनि रहेको बताए । समाजमा सचेतना फैलाउन सक्ने बनाउन अझ थप तालिमहरु प्रदान गर्ने पनि उनले बताए । वडा नं. ७ का वडा अध्यक्ष भिमसेन थापाले सबै प्रशिक्षार्थीहरुलाई तालिम प्राप्त गरेकोमा बधाई दिँदै महिलाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रकारका तालिमहरु आवश्यक पर्ने बताए । प्रमुख प्रशिक्षक शिरोमणि दवाडी तथा प्रशिक्षक पुरुषोत्तम बस्नेतले प्रयोगात्मक र प्रविधि मैत्री तालिम भएकाले प्रशिक्षार्थीहरूमा संचार कुशलता पनि बढेको जानकारी दिए।समापन कार्यक्रम प्रशिक्षार्थीहरुले नै सञ्चालन गर्दै आफूले तालिमका क्रममा सिकेका र अनुभव गरेका कुराहरुले आत्मविश्वासका साथै सूचना र प्रविधिलाई प्रयोग गर्दै व्यवसायिक विकास गर्न पनि तालिम उपयोगी रहेको प्रस्तुत गरे।

समापन कार्यक्रममा वडा नंं ९ का वडा सदस्यहरु मन्जु थापा, भगवती बस्नेत, सारा पुर्कुटी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिती थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -