२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:३१

नारदमुनि थुलुङ स्मृति गोल्डकप : आयोजकलाई पराजित गर्दै झापा एघार विजयी




उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकपमा आयोजक बसाहा क्लबलाई १–० गोल अन्तरले हराउँदै झापा एघार विजयी भएको छ ।

निर्धारित समयको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा गोल गर्दै झापा एघारले जित हासिल गरेको हो । झापा एघारको जितका लागि टिम क्याप्टेन समेत रहेका जर्सी नम्बर १८ का पेमा तामाङले गोल गरेका थिए ।

आजको खेलमा झापा एघारका पेमा तामाङ म्यान अफ दी म्याच भएका थिए ।

भोलीको खेल सलहेस फुटबल क्लब सिराहा र एलएक्स सिटि फुटबल क्लब मोरङबिच हुने आयोजकले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM