२०८३ असार १० गते, बुधबार १४:१९

च्याम्पियन्स लिग फुटबलमा सिटीविरूद्ध पिएसजीको शानदार पुनरागमन जित

१० माघ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा पिएसजीले शानदार पुनरागमन जित हासिल गरेको छ । फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई ४-२ गोलअन्तरले हराएको हो ।

खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । सिटीले दोस्रो हाफमा २-० को अग्रता लिइसकेर पनि जोगाउन सकेन र ४ गोल व्यहोरेको थियो ।

पिएसजीको जितमा ओस्मान डेम्बेले, ब्राड्ली बार्कोला, जोआओ नेभेस र गोन्सालो रामोसले १-१ गोल गरे । सिटीका ज्याक ग्रिलिश र एर्लिङ हालान्डले १-१ गोल गरे ।

खेलको ५०औं मिनेटमा ग्रिलिशले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटमा डेम्बेलेले गोल गर्दै खेलमा फर्कने प्रयास गरे भने ६०औं मिनेटमा बार्कोलाले गोल गरेपछी पिएसजीले बराबरी गरेको थियो ।

७८औं मिनेटमा नेभेसले गोल गरेपछि पिएसजीले खेलमा अग्रता लियो । इन्जुरी समयमा रामोसले गोल गर्दै पिएसजीको ४-२ को जित पक्का गरे ।

सिटीले २०२१ पछिका कुनै पनि प्रतियोगितामा दुई वा त्योभन्दा बढी गोलको अग्रता लिएर पनि खेल गुमाएको पहिलोपटक हो । पिएसजीले च्याम्पियन्स लिगको कुनैपनि खेलमा २ गोलले पछि परेर पनि पुनरागमन जित निकालेको यो पहिलोपटक हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM