२०८३ असार १७ गते, बुधबार ०५:०१

मकवानपुरमा भीरबाट लडेर महिलाको मृत्यु   

६ माघ, बागमती । भीरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भीरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM