२०८३ असार १७ गते, बुधबार ०८:२१

खो खो विश्‍वकपको फाइनल पुगेका नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

५ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्‍वकपको फाइनलमा पुग्न सफल नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाली महिला र पुरूष टोलीलाई बधाई एवम् शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्- भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन्। नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका छन् । नेपालको खो खाे इतिहासमा यो ऐतिहासिक क्षण हो। अब फाइनल खेलको जीतका लागि हाम्रा खेलाडीलाई शुभकामना !!

शनिबार भएको सेमिफाइनलमा महिला टोलीले युगाण्डालाई तथा पुरूष टोलीले इरानलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM