२०८३ असार १७ गते, बुधबार २२:५७

खो खो विश्वकप : महिलातर्फ क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने

३ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्‍वकपअन्तर्गत महिलातर्फको क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने भएको छ ।

नेपाल समूह सी को विजेता तथा इरान समूह ए को उपविजेताका रूपमा क्‍वाटरफाइनलमा खेल्ने भएका हुन् । नेपाल आफ्नो समूहमा अपराजित रहेको थियो ।

बिहीबार भएको अन्तिम खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर नेपाल समूह विजेता बनेको थियो । त्यसअघि पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४  तथा तेस्रो श्रीलंकालाई ११०-१० ले पराजित गरेको थियो ।

पुरूष टिम पनि क्‍वाटरफाइनलमा प्रवेश गरेको छ र बंगलादेशसँग खेल्ने छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM