२०८२ माघ ७ गते, बुधबार १२:४४

जुम्लाका ९ हजार घरमा पुग्यो एकघर एकधारा

जुम्ला । जुम्लाका ९ हजार बढी घरधुरीमा एकघर,एकधारा पुगेका छन् । जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरि आठ पालिका रहेको जुम्लाका ६० वटामा गरि ९ हजार बढी घरधुरीमा एकघर,एकधारा पुगेको हो ।

खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाको तथ्यांकनुसार जुम्लामा हाल कूल २४ हजार ४२२ घरधुरी सङ्ख्या रहेकोमा ९ हजार ८८६ घरधुरीमा एकघर एकधाराको पहुँच पुगेको खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बताउनुभयो । उहाँले भन्नुभयो,’हाम्रो तथ्यांकअनुसार जिल्लाका ९ हजार ८८६ घरधुरीमा एकघर एकधारा निर्माण भएको देखिन्छ । कुल घरधुरी मध्य बाँकी अझै सार्वजनिक धारा र कुवा, मुलधारा र खोलाको दूषित पानी प्रयोग गरिरहेका छन् ।’

खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयको तथ्याङ्कलाई आधार मान्दा जुम्लाका १४ हजार ५ सय ३६ घरधुरी अझै प्रदूषित पानी पिउन बाध्य रहेको देखिन्छ । ९ हजार ८८६ घरधुरीमा धारा पुगेपनि ठुलो सङ्ख्यामा नागरिक  खोला,मुल कुवाको पानी प्रयोग गर्न बाध्य रहेको तथ्यले खानेपानी जस्तो आधारभूत विकासमा स्थानीय सरकार चुकिरहेको स्पष्ट देखिन्छ । 

जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासमा उल्लेखीय काम गरिने अन्य पालिकाले पनि खासै प्राथमिकता दिएका छैनन् । जसका कारण स्रोत भएर लगानी अभावले खानेपानी आयोजना निर्माण नहुँदा दूषित पानीकै भरमा दिन गुजारा गर्न बाध्य छन् ।

खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार एकघर एकधारा नपुगेका १४ हजार ५ सय बढी घरधुरीमध्ये १० हजार ३२९ वटा घरधुरीले सार्वजनिक धाराको पानी पिउँदै आएका छन् । 

त्यस्तै कुवाको पानी खाने ५९ वटा घरधुरी, मुलधाराको पानी खाने ३ हजार ८ सय ७४ वटा घरधुरी, नदी खोलाको पानी खाने २ सय १४ घरधुरी र अन्य पानीका स्रोतबाट पानी खाने ६० घरधुरी रहेका छन् । 

सङ्घीयता कार्यान्वयनको करिब ७ बर्ष बितिसक्दा समेत हालसम्म जुम्लाका ४० दशमलव ४७ प्रतिशत घरधुरीमा मात्रै एक घर एक खानेपानीका पहुँच विस्तार भएको छ । 

हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक हुने व्यवस्थापन नेपालको संविधानले व्यवस्था गरेपनि जुम्लाका अधिकांश नागरिक त्यो अधिकारबाट वञ्चित छन्  । जुम्लाका सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाले सुस्वा परियोजना सँगको साझेदारीमा खानेपानी क्षेत्रमा उल्लेखीय काम गरेका छन् ।

हिमा गाउँपालिकाले साढे दुई वर्षको अवधिमा हिमाका एक हजार तीन सय घरधुरीमा धारा पुगेको छ । सुस्वा परियोजना अन्तर्गत ५ सय ४० वटा धारा निर्माण भएका छन् । २ हजार ३ सय ७७ घरधुरी रहेको हिमाले १३ सय घरधुरीमा धारा पुराएको हो ।  

जसमा हालसम्म सुस्वा परियोजनाले हिमाको खानेपानी विकासका लागि ३ करोड ९१ लख रुपैयाँ लगानी गरेर ५४० वटा धारा निर्माण गरेको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले बताउनुभयो । उहाँका अनुसार हिमाको बड्की गाउँका १६६ घरधुरी, बाजागाँडाका १३६, डाडाबाँडाका ७०, देवारगाउँका ७०, मर्चि गाउँका ६६ र बागबजारका २० घरधुरी धारा निर्माण भएका छन् ।

त्यस्तै, हिमा गाउँपालिकाले करिब साढे ३ करोड बढीको लगानीमा बृहत् हिमा खानेपानी आयोजना निर्माण कार्य थालनी गरेको छ । जसमा धाँचु गाउँका ४ घरधुरी, जार्जी गाउँका ८८, तली कुडुका १०२, सिम्तलीका ७४, खेतुका २२, सानो चिउडीको २४ र ठूलो चिउडीका ९६ घरधुरीमा एक घर एक धारा निर्माण भएको हिमा गाउँपालिकाका इन्जिनियर तोर खड्काले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM