२०८३ असार १८ गते, बिहीबार १३:५८

पर्सामा आगलागीबाट दर्जन बढी खसीबाख्रा मरे

२ माघ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा बाख्रापालक किसानको खोरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीय लालबहादुर दासका दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए ।

बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरेको उनले बताए ।

आगलागी बुधबार बिहानपख १ बजेको समयमा भएको हो । आगलागीबाट खोर पूर्णरूपमा जल्दा खोरमा भएका खसीबाख्रा जलेको उनले बताए ।

क्षतिको विवरण संकलन भइरहेकोले यति नै क्षति भएको भनेर अहिले भन्न नसकिने उनले बताए ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM