२०८३ बैशाख १ गते, मंगलवार ११:००

सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिन्छ

फेरी त्यो दिन सम्झन चाहन्न, मायाको बाटो, कति दिन बिते, जाँदैछु टाढा ..। यी गीतहरुले तपाईंलाई त्यही दिनमा फर्काउनेछ, जहाँ क्यासेट टेपको धुमधाम युग थियो ।

त्यो क्यासेटको जमाना थियो ।

हरेकजसो चोकमा क्यासेट पसल हुन्थे । मोहक साजसज्जासहित क्यासेटमा औसत ७-८ वटा गीत संग्रहित हुन्थे । साइड ‘ए’ र साइड ‘बि’ मा फर्काइ-फर्काइ गीत सुन्नुपर्थ्यो । यसका लागि छुटै क्यासेट प्लेयर जरुरत हुन्थ्यो । पारखीहरु बजारबाट क्यासेट ल्याउथे र जतनसाथ प्लेयरमा राखेर गीत सुन्थे । सुनिरहन्थे ।

त्यो एफएम रेडियोको जमाना थियो ।

यी गीतहरुले पारखीलाई कतिसम्म मोहनी लगाउथे भने रेडियो वा एफएममा ‘फर्माइस’ गरी गरी सुन्थे । रेडियो, एफएम साप्ताहिक वा मासिक रुपमा ‘शीर्ष पाँच वा दश गीत’ सार्वजनिक गर्थे । आफ्नो गीत सार्वजनिक हुनसाथ संगीतकर्मीहरु रेडियो-एफएमसम्म पुर्‍याउन हतारिन्थे ।

त्यो अखबारको जमाना थियो ।

अखबारको रंगिन पृष्टहरुमा सांगीतिक समाचारहरु छापिएका हुन्थे । संगीत र संगीतकर्मीको अनेक आयम समाचारमा समेटिएका हुन्थे । कति मनोरन्जन प्रधान अखबारले साताको उत्कष्ट पाँच वा दश गीत सार्वजनिक गर्थे । त्यो समय कुन गीत, कुन गायक चल्तीमा छ भनेर सहज अनुमान गर्न सकिन्थ्यो ।

त्यो सुगम पोखरेलको जमाना थियो ।

२०५८ साल ताका । ‘मेरो संसार तिमी नै हौ’ गीतमा मधुर भाका हाल्दै गायक सुगम पोखरेलको उदय हुन्छ । त्यसपछि ‘फेरी त्यो दिन’, मायाको बाटो’, ‘तिमी मभन्दा कोसौं टाढा’ जस्ता एकपछि अर्को गीतले उनलाई चर्चाको चुलीमा उभ्याउँछ । एकाध गीत ‘हिट’ बनाएर विदेशिने मनोदशामा रहेका यी गायक करियरको पूर्वाद्धमै पाएको अपार सफलतामा मग्न हुनपुग्छन् । र, संगीतको लयमा आफ्नो जीवनको धुन खोज्न थाल्छन् ।

२३ बर्ष बित्छ । जुग फेरिन्छ । तर, उनको जीवनको लय फेरिदैन । आफ्नो कर्मको यो लम्बेतान यात्रामा उनी कहिले पिरतीको भाका हाल्दै त कहिले चाडपर्वको रौनक थप्दै गीत गाइरहन्छन् ।  यत्तिका अवधि उनी संगीतमा अविचलित र अविराम जागा रहन्छन् । उसैगरी गाइरहन्छन् । र, नोस्टाल्जिक बनाइरहन्छन् सहस्राब्दी पुस्तालाई ।

…………………

खात लागिसकेका पुराना यादहरु बोकेर उनी फेरी आए, ‘नवमी’ एल्बमसहित । दुरुस्त क्यासेटको प्ररुपमा उपलब्ध यो गीति संग्रहमा ९ वटा गीत छन् । यसमा सुगमलाई सुन्नका लागि तपाईंले थन्को लगाइसकेको क्यासेट प्लेयर खोज्ने झन्झट गर्नुपर्दैन । किनभने ‘नवमी’लाई डिजिटल प्लेटमर्फममा सुन्न सकिन्छ ।



यही गीति संग्रहको मेसोमा हामीले फेरी सुगमलाई क्यासेट युगमा फर्कायौं र करिब दुई दशकअघिका सम्झनाहरु खोतलखातल बनायौं । घट्टेकुलोको डेराबाट पैदल हिँड्दै एफएफमा कार्यक्रम चलाउन पुग्ने एउटा किशोर जसको दुई वटा गीत सार्वजनिक भइसकेको छ । तर, ती गीतहरु अपेक्षाकृत चलेका छैनन् । हार–जीतको मनोदशामा गुज्रिरहँदा अचानक आफ्नै सोलो एल्बमबाट रातारात चर्चामा आउँछन् । त्यसपछि के हुन्छ ?

फर्कौं डेढ दशकअघि ।

सुगम त्यसबेला सुपरिचित थिएनन् । पहिलो एल्बम तयार भइसकेको थियो । तर, यसका गीत मान्छेले सुन्छन् वा सुन्दैनन् ? एल्बम बिक्छन् वा बिक्दैनन् ? संगीत बजारको नाडी छाम्न पाएकै थिएनन् । त्यसैले उनले एक म्युजिक कम्पनीलाई आफ्नो क्यासेटको सम्पूर्ण स्वमित्व बेचिदिए, ९७ हजारमा ।

जबकि गीत तयार गर्न, धुन भर्न, रेकर्ड गर्न यावत् कामका लागि ८० हजार रुपैयाँ खर्च भइसकेको थियो । बाँकी रह्यो, १७ हजार । यत्ती थियो उनको पहिलो एल्बमको कमाई । तर, यो अंकगणित भन्दा फरक रह्यो एल्बमले दिएको ख्याती ।

क्यासेटको नाम थियो, वान एमबी । यसैमा समावेश मेरो संसार, फेरी त्यो दिन जस्ता गीत सर्बत्र सुनिदै थिए । रेडियो ट्युन गर्दा होस् वा शहरका गल्ली चाहर्दा, गाउँवस्तीको बिहेभोजमा होस् वा रात्रीकालिन बसहरुमा, सुगमका गीतहरु दोहोर्‍याई–दोहोर्‍याई बज्थे ।

‘त्यो बेला भर्खर बिहे गरेको, युवा उमेरको थिएँ’ सुगम सम्झन्छन्, ‘तर आर्थिक रुपले त्यती बलियो थिइनँ जति नाम थियो ।’

यही क्षणमा उनको मनमा बेग्लै तुफान चल्थ्यो । नाम र दामको समिकरण कसरी मिलाउने ? किनभने रेडियो, पत्रपत्रिकादेखि चोक–गल्लीले उनको सुकिला तस्विर सजाइसकेको थियो । आवाजको मोहनीमा बाँधिनेहरुको संख्या बढ्दै थियो ।

यही संक्रमणकालिन क्षणमा एउटा दर्बिलो आत्मविश्वास पलाएको थियो, ‘अब चाहिँ पक्कै केही गर्न सक्छु ।’ तर, यो आत्मविश्वास एक कदम अगाडि बढेर कताकता ‘दम्भ’मा बद्लियो । ‘स्टार हुँ’ भन्ने भावनाले उचाल्न थाल्यो ।

हुन त कतिसम्म हुन्थ्यो भने, यी गायकको एक झलक पाउन शुभेच्छुकहरु सधै लालयित रहन्थे । एकपटक वीरेन्द्र अन्तर्रांट्रिय सम्मेलन केन्द्रमा कन्सर्ट भइरहेको थियो । जसै सुगम भिडबाट मन्चतर्फ अगाडि बढे । हठात् कसैले उनलाई च्याप्प समाते, अंगाले, मुसारे, म्वाई खाए । ति कुनै युवती पनि थिइनन् । युवा थिए, जो सुगमको ‘डाइहार्ट फ्यान’ थिए । यस्ता शुभेच्छुक कति थिए कति । कन्सर्टमा हात दिएर एक स्पर्श खोज्नेहरु, अटोग्राफमा हस्ताक्षर माग्नेहरु र एकदम मिहेनतले चिठीपत्र लेखेर पठाउनेहरु असंख्यौं थिए ।

शुभेच्छुकहरुको घेराबन्दीमा मनमग्न भइरहँदा उनले एकपटक अर्न्तवार्तामा झुट बोलेका थिए । उनलाई सोधिएको थियो, ‘तपाईंको कुनै गर्लफ्रेन्ड छ ?’

सुगमको जवाफ थियो, ‘अहँ, छैन ।’

अन्र्तवार्ता दिएर स्टुडियोबाट बाहिरिदै गर्दा उनको तन्द्रा टुट्यो । यसरी, ‘होइन, म त बिहे गरिसकेको मान्छे । यो अर्न्तवार्ता श्रीमतीले सुन्लान्, सासु–ससुराले सुन्लान् । उनीहरुले के भन्लान् ? होइन म त गीत गाउन पो आएको, केटी फकाउन होइन ।’

लगत्तै उनले राजधानी दैनिकका रंग पत्रकार युमाश शेर्पालाई बोलाए र एउटा अर्न्तवार्ता दिएका थिए । ‘म विवाहित हुँ’ भन्दै । त्यसपछि उनका कति शुभेच्छुक नराम्ररी बिच्किए । यस्तो खटपट भइरहन्थ्यो सांगीतिक जीवनमा ।

सुगमले ‘सेलिब्रेटी’ फेम पाइसकेका थिए । तर, त्यसबेला व्यक्तिगत अवस्था कस्तो थियो भने चढ्नका लागि एउटा बाइक पनि थिएन । माइक्रोबस चढ्नुपर्ने । रुमालले अनुहार ढाकेर हिँडडुल गर्नुपर्थ्यो । मान्छेले चिन्छन् भनेर कस्तो सास्ती ?

आफ्नी श्रीमती जतिबेला गर्लफ्रेन्ड थिइन्, त्यसबेला उनलाई पुर्‍याउन सुगम बागबजारको पद्मकन्या कलेजसम्म ओहोरदोहोर गर्थे । कलेज अगाडि एउटा कफी सप थियो । त्यहाँ बसिरहँदा उनकै गीत बज्यो, रेडियोमा । पसल साहुनीले बज्दाबज्दैको गीत नसुनेर अर्कै च्यानल ट्युन गरे । तब सुगमले भने, ‘दिदी अघिकै गीत लगाउनु न । त्यो मेरो गीत हो ।’

पसले दिदीले पत्याए पो ?

त्यसबेला सुगमको रुटिन कस्तो थियो भने,  रेडियो सगरमाथामा कार्यक्रम चलाउन जान्थे । त्यहाँबाट पद्मकन्या क्यापस आउथे । पद्मकन्याबाट रत्नपार्क । रत्नपार्कको पुरानो बसपार्कबाट शान्तिनगर पुग्थे । गर्लफ्रेन्डलाई घर पुर्‍याएर पुन अफिस जान्थे ।

यसरी नै गर्लफ्रेन्डसँग सार्वजनिक बसमा चढेर बानेश्वर हुँदै अगाडि बढिरहँदा सुगमले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ इंगित गर्दै भनेका थिए, ‘एकदिन तिमी र म त्यहाँ म्युजिक अवार्ड लिन जानुपर्छ ।’ त्यहाँ हिट्स एफएम अवार्ड भइरहेको थियो ।

त्यसको ठ्याक्कै दुई बर्षपछि त्यो दिन पनि आयो । उनीहरु सम्मेलन केन्द्रमा प्रवेश गर्दै थिए, अवार्ड लिनका लागि ।

पहिलो एल्बम बजारमा आइसकेको थियो, वान एमबी । यो एल्बममा उनी आफ्नो नाम र फोटो लुकाउन चाहन्थे । यसो गर्नुको पछाडि तीन कारण थिए ।

एक, त्यसअघि दुईवटा गीत सार्वजनिक भइसकेको थियो । तर चलेका थिएनन् । आफ्नो नाम नै नफापेको हो कि ? उनमा शंसय थियो ।

दुई, त्यसबेला उनी रेडियो सगरमाथामा काम गर्थे । एउटा रेडियोमा काम गर्नेको गीत अर्को रेडियोले नबजाउने प्रवृत्ति व्यापक थियो । रवि लामिछाने, नरेश भट्टराई, हेम सुवेदीहरुको आ–आफ्नै सिन्डिकेट थियो । नाम खुलेमा अरुले गीत नबजाउने हो कि ?

तीन, जिन्दगी सोचेजस्तो भइरहेको थिएन । त्यसैले आफैलाई अनुशासनमा राख्न उनले मांशहार त्यागे र धर्मकर्म अपनाए । ‘म एउटा मान्छे देखिएपनि मेरो पछाडि कुनै अदृश्य शक्ति छ’ भन्ने लागिरहन्थ्योे । यही अदृश्य शक्तिलाई समर्पण गरेर उनले आफूलाई एल्बमको कभरमा लुकाए ।

तर जसै एल्बम सार्वजनिक भयो सबैतिर उनको गीत बज्न थाल्यो । कान्तिपुर एफएमका आशिष र प्रशन स्याङ्देनले त बारम्बार सुगमकै गीत बजाइरहे । जबकि त्यसबेला उनीहरुबीच कुनै चिनापर्ची थिएन ।

नदेखेरै, नभेटेरै सही सुगम सर्वत्र चिनिदै थिए । सर्वत्र सुनिदै थिए ।

‘जे गरेपनि, जसो गरेपनि चर्चा हुन्थ्यो’ सुगम सुनाउँछन्, ‘त्यसले एक किसिमको दम्भ बढाइदिने रहेछ ।’ यद्यपि ‘दम्भ’को आयु लामो हुँदैन । एकदिन त समयले मान्छेलाई आफ्नो साइजमा ल्याउँछ । धेरै समय लागेन, सुगमलाई आफ्नै आकार–प्रकार र नापतौलमा ओर्लिन ।

सन् २००८ तिर उनी यस्तो भ्रमबाट मुक्त भइसकेका थिए कि, ‘म नै सर्बेसर्बा हुँ ।’

त्यसपछि उनी अलिअलि दार्शनिक जस्तै भएर निस्किए । यसो भन्दै, ‘जीवनमा उतार–चढाव आइरहन्छ । सबैचिज भइरहन्छ, तर आफ्नो कर्म छाड्नु हुँदैन । खोला जस्तै बग्नुपर्छ, किनभने खोलाले बाटो भएन भने पनि आफ्नै बाटो बनाउँछ रे । त्यसैले बगिरहनु चाहिँ पर्छ ।’

उनी बगिरहे । कहिले सोलो एल्बम निकाल्दै, कहिले सिनेमाका पाश्र्व गीत गाउँदै, कहिले कन्सर्टको फन्को लगाउँदै । संगीतमा अविश्राम उनका पाइला चलिरह्यो । उनी रोकिएनन् । मोडिएनन् । भड्एिकनन् ।

‘सुरु–सुरुमा मलाई के लाग्थ्यो भने, यो सबै मेरो तागतले प्राप्त भएको हो’ सुगमले अलि गंभिर भावमा सुनाए, ‘तर म केवल माध्याम रहेछु । मेरो काम त फगत कर्म गर्ने रहेछ । बाँकी सबै अरु कसैले मिलाइदिने रहेछ ।’

‘अरु कसै’ अर्थात ईश्वर । ईश्वर अर्थात प्रकृति ।

‘मैले राम्रो ढंगले आफ्नो भूमिका मात्र निर्वाह गर्नुरहेछ । त्यती रहेछ मान्छेको जिन्दगी ।’ यसो भनिरहँदा उनी कुनै चिन्तक झै देखिए ।

उनी जसरी लोकप्रियताको उत्कर्षमा पुगे, त्यो उनले ‘कल्पनामा पनि नचिताएको’ जीवन थियो । उनले चिताएको जीवन मात्र के थियो भने, ‘कसैको काम गर्न नपरोस् । आफ्नो कर्मको मालिक आफैं बन्न पाइयोस् । मान्छेले चिनोस्, सम्मानपूर्वक व्यवहार गरोस् । धनको चाहाना थिएन । खान र लगाउन पुग्ने भए हुन्छ । वस् ।’

संगीतमा उनीसँगै पाइला चालेका साथीसंगी तितरबितर भए । कोही कहाँ पुगे, कोही कहाँ छुटे । तर, उनी आजको मितिसम्म पनि उसैगरी गाइरहेका छन्, जसरी करियरको सुरुवातमा गाउथे । खासगरी सिनेमा गीत र संगीतले सुगमलाई बेफुर्सदिलो बनाएको छ । पछिल्लो दशक कतिपय सिनेमाका हिट गीतहरुमा सुगम नै सुन्न सकिन्छ ।

यद्यपि यस अवधिमा आफूलाई ‘क्यास गर्न सकिएन कि’ भन्ने विस्मयले उनलाई बेलाबखत निचोर्छ । यसो हुनुमा कति आफ्नै कारण होलान्, कति अरुको । समयले फड्को मारेसँगै कतिपय कुरा अतितमै हराएर जाने रहेछ । जस्तो कि, उबेलाको क्यासेट क्रेज । उबेलाको एफएम क्रेज । उबेलाको अखबारी क्रेज ।

मनोरञ्जन अखबारको छुटै तरंग थियो । त्यहाँ छापिने साताको शीर्ष पाँच वा दश गीत, कन्सर्टको टुक्रे समाचार, फोटोसहितको अर्न्तवार्ता। कस्तो काइदा हुन्थ्यो । आज पनि त्यसको ह्याङओभरले छाड्न नसकेको हो कि जस्तो लाग्छ ।

‘मेरो संसार तिमी नै हौ’ गीत रेकर्ड भएलगत्तै सेन्ट जेभियर्समा गरेको कन्सर्ट, अर्को एक च्यारिटीका लागि गरेको कन्सर्ट, इटहरीको आइतबारेमा गरेको कन्सर्ट । इटहरीको सडकमा त्यो खुला कन्सर्ट गरिरहँदा उनलाई एउटा कुरा महसुष भएको थियो, ‘आज म जहाँ उँभिएर गाइरहेको छु, मेरा बाबुबाजे पहाडबाट यही बाटो हिँड्दै तराई झरेका थिए । यहीँ बाटो हो, जहाँबाट हिँड्दै म कोशी ब्यारेजमा जान्थें । साँझ परिसकेको हुन्थ्यो, नाइटबसहरु ताती लाग्न थालेका हुन्थें । यस्तो दृश्य देख्दा मलाई किन किन रुन मन लाग्थ्यो । यहीँ सडक, आज म यत्तिका दर्शकको केन्द्रमा उँभिएर गाइरहेको छु ।’

सम्झेर उनको छाती चौडा भएको थियो । आफ्नो बाल्यकालको डोबहरु छाडेको त्यही सडक थियो जहाँ उनले करियरकै सबैभन्दा सम्झनयोग्य कन्सर्ट गर्दै थिए । कति स्वादिलो संयोग ।

आज समयले धेरै कुरा छुटायो । यद्यपि उनको जीवन संगीतको धुन छुटेको छैन । बजिरहेकै छ, अविराम ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM