२०८३ जेष्ठ २३ गते, शनिबार २०:०३

राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पुर्याएको योगदानको स्मरण

काठमाडौँ । राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पुर्याएको योगदानको चर्चा गरिएको छ ।  

राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उहाँको ८०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधीनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चाहनाअनुसार २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गर्नुभयो ।  

नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्पूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा अविस्मरणीय रहेको विचार व्यक्त गर्नुभयो ।

समाजसेवी पशुपतिभक्त महर्जनले सरल स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गर्नुभयो । विसं २००२ पुस १४ गते जन्मिनुभएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो ।

प्रतिष्ठानलगायत विभिन्न सङ्घसंस्थाले आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM