२०८३ जेष्ठ २३ गते, शनिबार १९:०४

मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा, उद्घाटनसँगै निःशुल्क स्वास्थ्य परीक्षण शिविर

काठमाडौँ/क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा संचालनमा ल्याएको छ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बीच रिवन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा संचालन गरिने नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ समेत गर्नुभयो।

उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पुर्याउन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताउनुभयो। खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

क्लिनिक वानका उप निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा उपमेयर अनिता लामा,वडा नम्बर ९ कि वडाध्यक्ष सुनिता त्रिपठी लगायतले स्वास्थ मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड्दिनुभयो।यस अघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा संचालनमा ल्याएको क्लिक वानको यो काठमाण्डौ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो।

उद्घाटनको अवसर पारेर शनिवारदेखि नै पांच दिनसम्म नि:शुल्क  स्वास्थ्य सिविर संचालन गरिएको छ। डाक्टर परामर्श,इसिजी,युरिक एसिड,सुगर,कोल्स्टोल जांच नि:शुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत,ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM