Saturday, December 7, 2024
घरक्राइम चेक‘इड्यू ब्रिज’ कन्सलटेन्सी सञ्चालन

‘इड्यू ब्रिज’ कन्सलटेन्सी सञ्चालन

वीरगंज। वीरगंजमा ‘इड्यू ब्रिज’ कन्सल्टेन्सी सञ्चालनमा आएको छ। माइस्थानबाट गीता मन्दिर जाने बाटोतर्फ चोक नजिकै ‘इड्यू ब्रिज’ नामक कन्सल्टेन्सी आजदेखि सञ्चालनमा आएको हो ।

माइस्थानस्थित एनआइसी एसिया बैंकको एटीएम नजिकैको भवनको पहिलो तल्लामा ‘इड्यू ब्रिज’ कन्सल्टेन्सीको औपचारिकरुपमा एक कार्यक्रमबिचउद्घाटन गरिएको हो ।

विदेश पढन जाने विद्यार्थीहरुलाई राजधानी काठमाडौं धाइरहनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सबैको सहजताका लागि वीरगन्जमा कन्सल्टेन्सीको सेवा सुरु गरिएको सञ्चालक आयुष गुप्ताले बताए ।

उनका अनुसार विद्यार्थीहरु विदेश पढन जानका लागि सानोसानो कामका लागि काठमाडौं गइरहनुपर्ने बाध्यता थियो ।

‘जुन एकदम खर्चिलो र झन्झटिलो पनि हो,’ उनले भने । त्यसकारण वीरगन्जबाट सबै सेवा दिएर अनावश्यक समय र खर्च जोगाइदिनको लागि कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

‘इड्यू ब्रिज’ कन्सल्टेन्सी ‘हेड अफिस’ काठमाडौंका प्रमुख योगेस क्षेत्रीले विद्यार्थीहरु काठमाडौंमा जाँदा अधिकांश कन्सल्टेन्सीमार्फत ठगिने गरेको बताए ।

उनले भने, ‘यही ठगिनु नपरोस, जिल्लाबाटै सेवा लिन पाइयोस । विद्यार्थीहरुको सहजताका लागि आफ्नो शाखा वीरगन्जमा विस्तार गरेको हुँ ।’

करिब २७ वर्षदेखि कन्सल्टेन्सीमाफृत सेवा गरिरहेको जनाउँदै उनले भने, ‘हाम्रो कन्सल्टेन्सीलाई तपाइँहरु विश्वास गर्नुहोला, हामी पैसा ठग्ने काम गर्दैनौं । अहिलेसम्म कसैको पैसा ठगेका पनि छैनौं ।’

इड्यू ब्रिज’कन्सल्टेन्सीले यूके, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, भारत, चाइना, साउथ कोरियासहितका देशहरुमा पढनका लागि विद्यार्थीहरुलाई पठाउने गरेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -