२०८२ माघ १८ गते, आईतवार ०१:४०

अराजकतालाई मलजल गर्ने मिडिया काउन्सिलको निसानामा:  अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ ।

सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारबाही गरिएको उल्लेख गर्नुहुँदै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्यौल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेसा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारबाही गरिसकेको छ । बाँकी पनि छानबिन र कारवाहीको दायरामा आउनेछन् ।

’नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मङ्गलवार काउन्सिलमा राखिएको अभिमुखीकरण कक्षामा बोल्नुहुँदै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो ।

‘केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, तथ्यहीन आरोप सुनियोजित ढङ्गले आइरहेका छन् । समाज बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारबाही भइरहेको छ’, अध्यक्ष बस्नेतले भन्नुभयो ।

प्रेस काउन्सिलले २ साता अघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबरव्यूरो पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही बढाइरहेको छ ।

अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा अहिले फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनबाट हमेसा ख्याल गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

‘पत्रकारिताका आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । विश्वव्यापी मान्यता बोकेका आचारसंहिता छन् । तिनलाई कुल्चेर मनलाग्दी सूचना सम्प्रेषण गर्नु पत्रकारिता क्षेत्रको बदनामी मात्र होइन समाज भड्काउनु समेत हो’, बस्नेतले भन्नुभयो ।

विवादरहित र सही पत्रकारिताले विकास निर्माण र समृद्धि ल्याउन ठुलो भूमिका ल्याउने हुँदा त्यसतर्फ सबैले ध्यान पु¥याउन उहाँको सुझाव थियो ।

पत्रकार अभिमुखीकरण कक्षामा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।

यसैबीच, काउन्सिलमा पत्रकार द्वय केशव शरण लामिछाने र विजयराज अधिकारी बोर्ड सदस्य नियुक्त हुनुभएको छ । दुवै सदस्यले मङ्गलवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतबाट शपथ लिई कामको सुरुवात गर्नुभएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM