२०८२ चैत्र २३ गते, सोमबार १७:२३

विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पूर्वाधार निर्माणअघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपद्बाट क्षति बढी भएको बताउनुभएको हो ।

यस पटकको बाढीपहिरोको क्षतिलाई अध्ययन गर्दा बस्ती तथा विपद् व्यवस्थापनतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले हाम्रा भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरूको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्वतयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको सन्दर्भमा समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनः विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री दाहालले यसपटक बाढीपहिरोबाट मुलुकका ३९ राजमार्गको आठ सय ११ स्थानमा क्षति पुगेको जानकारी गराउँदै भन्नुभयो, “हाम्रा प्राथमिकता निर्धारण गर्दा मुलुकको राजस्वमा प्रभाव पार्ने क्षेत्र, बढी आवतजावत हुने क्षेत्रमा यातायात पूर्वाधारको विकास, आन्तरिक उत्पादनलाई बजारसम्म जोड्ने क्षेत्र तथा यात्राको दूरी घटाउने आयोजना छनोट गर्नुपर्ने देखिएकाले सोहीबमोजिमको योजना तथा कार्यक्रमलाई सरकारले ध्यान दिनेछ ।”

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको मुख्य विपद् बाढी पहिरो, भूक्षयजस्ता समस्या रहेको उल्लेख गर्दै भूकम्पीय दृष्टिले जोखिम मानिने नेपालमा सडक–पुल, भवन, जलविद्युत्लगायत पूर्वाधार निर्माणका क्रममा राम्रोसँग भौगर्भिक अध्ययन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का सदस्यसचिव डा रवीन्द्र ढकालले लगानी वृद्धिसहित धेरैभन्दा धेरै जनशक्तिलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा आकर्षित गर्दै  देश र जनताका हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले विपद्मा अहिलेसम्म भएका प्रयासहरू पर्याप्त नभएको भन्दै प्रभावकारी रुपमा कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षका बीच समन्वय आवश्यक रहेको बताउनुभयो ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका (एनएडिआरआरएम) का कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिएर अगाडि बढेको बताउँदै भन्नुभयो, “विपद् पूर्वानुमान र व्यवस्थापनका लागि अन्तरसरकारी निकाय तथा अन्य सरोकारवालाहरूबिच समन्वय आवश्यक छ ।”

विपद् पूर्वतयारी राष्ट्रिय समाजका अध्यक्ष राजु थापा, नेपाल भौगर्भिक समाजका अध्यक्ष चूर्णबहादुर वली र भूगर्भविद् डा सुबोध ढकाललगायतका वक्ताले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रसबिच आपसी सहयोग र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania rajamania sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM